• १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
  •   Unicode
Logo
Latest
★   शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण ★   मन्त्रिपरिषद्को बैठक: सचिव पदमा लम्सालको बढुवा,चैते धानको मूल्य निर्धारण  ★   नेपालको पर्यटकीय सम्भावनालाई विश्वमा प्रचार गर्नसके चार गुणा पर्यटक आउँछन्: सांसद राणा ★   इलाम २ मा रास्वपाका उम्मेदवार मिलन लिम्बू ★   एमडीएमएस खरिदमा अनियमितता गरेको अभियोगमा २० जनाबिरुद्ध मुद्दा दर्ता ★   कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवक मृत फेला ★   सवारी दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु हुने प्रहरीको तथ्यांक ★   सादा पोशाकमा जनशक्ति परिचालन नगर्न गृहको निर्देशन ★   चीनमा आँधीको चेतावनी ★   चैते धानमा किसानको आकर्षण बढ्दै

नेपाली भूमीमा प्रवेश गरेर भारतीय प्रहरीद्धारा नेपालीमाथी कुटपिट



महोत्तरी, २७ मंसिर । महोत्तरीको मटिहानीमा नेपाली भूमिमा प्रबेश गरेर भारतीय प्रहरीले नेपाली नागरिक माथि निर्घात् कुटपिट गरेका छन् ।
भारतीय सीमा सुरक्षा बल एसएसबीका जवानहरुको कुटपिटबाट ७ जना भन्दा धेरै नेपाली नागरिक घाईते भएका छन् ।
घाइते मध्ये एक जनाको अबस्था गंभिर रहेको महोत्तरी प्रहरीले जनाएको छ । घाइते हुनेमा मटिहानीका गणेश चौधरी, राकेश मण्डल, राकेश यादब, शिवा साह, राजुप्रसाद गुप्ता, उर्मिला देबी लगायत रहेका छन् ।
उनीहरुको जिल्ला अस्पताल जलेश्वरमा उपचार भैरहेको महोत्तरीका प्रहरी उपरिक्षक सौरभ राणाले जानकारी दिए । मटिहानी नजिकै रहेको भारतीय बजार मधवापुरमा ड्यूटिमा बसेका दुई जना भारतीय एसएसबीका महिला जवानलाई भारतीय युवाहरुले नै जिस्क्याएको निहुँमा उत्पन्न भएको विवादपछि भारतीय प्रहरीले नेपाली भूमिमा प्रबेश गरेर नेपाली नागरिकलाई कुटपिट गरेका हुन् ।
ड्यूटिमा बसेका एसएसबीका महिलाले खबर गरेपछि ठूलो संख्यामा घटना स्थलमा पुगेको एसएसबी फोर्सले भेटेजती सबैलाई लाठी र बन्दुकले कुटपिट गरेका थिए । कुटपिटबाट जोगिन मधवापुरका स्थानियबासी भागेर नेपाली भूमि मटिहानीतिर आएपछि एसएसबीका जवानले नेपाली भूमिमै प्रबेश गरेर भेटेजति सबैलाई कुटपिट गरेका हुन् ।
एसएसबीको कुटपिटपछि तनावग्रस्त बनेको नेपाल भारत सीमा क्षेत्रको बजार मटिहानी र मधवापुर शान्त बनेको छ । नेपाल भारत दुबै तर्फका सुरक्षाकर्मी बसेर छलफल गरेपछि विवाद साम्य भएको छलफलमा सहभागि जिल्ला प्रहरी प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरिक्षक नरेश महतोले जानकारी दिए ।