• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo

यात्रु कोच्न पाउनुपर्ने माग गर्दै चालकहरू आन्दोलनमा



कञ्चनपुर, २७ मंसिर । सार्वजनिक सवारी साधनका चालकहरू सरकारी निर्णयको विरोध गर्दै आन्दोलनमा गएपछि कञ्चनपुरका यात्रु मर्कामा परेका छन् ।
चालकलाई हदैसम्मको कार्बाही गर्ने कानुनी प्रावधान लागू गरिएको भन्दै यहाँका सार्वजनिक सवारी साधनका चालकले आन्दोलन थालेका हुन् ।
शुक्रबारदेखि सवारी साधन थन्क्याएर आन्दोलनमा उत्रिएका चालकले आज पनि आन्दोलनलाई जारी राखेका छन् । सडकमा फाट्टफुट्ट रूपमा मात्रै सवारीका साधन सञ्चालन हँुदा यात्रुले हैरानी खेप्नुपरेको छ ।
दुर्घटनामा चालकलाई मात्रै दोषी देखाइनु र शैक्षिक योग्यताको मापदण्ड तोकिने कार्य फिर्ता नहँुदासम्म आन्दोलन जारी रहने नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन कञ्चनपुरका अध्यक्ष गणेशनाथ योगीले बताए ।
महाकाली सेती बस व्यवसायी समिति र पवनदूत बस व्यवसायी समितिमा आबद्ध चालक आन्दोलनमा गएपछि लामो र छोटो दूरीका सवारी साधन चालकलाई आज छलफलका लागि बोलाइएको छ ।