• ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
  •   Unicode
Logo

चिसोका कारण हुम्लामा हवाई सेवा अवरुद्ध



हुम्ला, २७ मङ्सिर । आज बिहान यहाँ हवाई यातायात चालु भएपनि दिउँसो १२ बजेदेखि अचानक हिमपात भई हवाई सेवा बन्द भएको छ ।
खाद्यान्न ओसार्ने यस जिल्लाको एकमात्र विकल्प हवाई सेवा हिमपातका कारण बन्द हुँदा यहाँ खाद्य अभाव सिर्जना हुने भएको छ । खाद्य संस्थानमा कर्मचारी नभएका कारण जनताले खाद्य सामग्री लैजान पाएका छैनन् ।