• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo

संसद सेवा दिवसको समापन गरिदै



काठमाडौं, २८ मंसिर । संसद सेवा दिवसको आज समापन गरिने भएको छ । दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम गरेर आज विशेष समारोहका बीच समापन गरिने भएको हो ।
सभामुख सुवासचन्द्र नेम्वाङले दिउँसो १ बजे सिंहदरबारमा रहेको पुरानो संसद भवनमा दिवसको समापन गर्न लागेको संसद सचिवालयले जनाएको छ ।
संसदमा सहभागी पाँचै दलका सचेतक सहभागी हुने भएका छन् । दिवसको अवसर पारेर आज उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गरिने भएको छ ।
यस्तै कविता वाचन, दौड, हाजिरीजवाफ लगायतको प्रतियोगितामा पहिलो हुनेलाई पुरस्कार दिइने भएको छ । नेपालमा ३ वर्ष देखि मंसिर २८ गतेलाई संसद सेवा दिवसको रुपमा मनाउन थालिएको हो । ३ बर्ष अघि संसद सेवा ऐन लागु भएको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।