• १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
  •   Unicode
Logo

सुकुम्बासीका निवेदनमाथि छानविन हुँदै



दार्चुला, २८ मंसिर । सुकुम्बासी समस्या समाधान जिल्ला कार्य समिति दार्चुलाले आयोगमा परेका निवेदन उपर छानबीनको काम सुरु गरेको छ ।
गत असोज २६ गतदेखि कात्तिक ३० गतेसम्म आह्वान गरेको निवेदनमाथि छानबीन सुरु भएको सुकुम्बासी समस्या समाधान आयोगका जिल्ला अध्यक्ष ज्ञानेन्द्र घर्तीले बताए । पहिलो चरणमा परेका २ सय ५ सुकुम्बासी र ८ सय ९८ जनाले अव्यवस्थित बसोबास सम्बन्धी निवेदन दिएको अध्यक्ष घर्तीले बताए । तर जिल्लामा निवेदन दिनेको संख्या अझै छुटेकाले फेरी निवेदन दिने म्याद थप्नुपर्ने दबाब आएको छ ।