• १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
  •   Unicode
Logo
Latest
★   आजको आईपीएल: घरेलु मैदानमा कोलकातामाथि जितको खोजिमा बेंगलुरु ★   दक्षिण अफ्रिकामा बस दुर्घटना, ४५ जनाको मृत्यु ★   नेपालमा जलवायु परिवर्तनले पारिरहेको प्रभावबारे प्रभावकारी रुपमा आवाज उठायौँ: सभामुख घिमिरे ★   चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल ★   सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको एक लाख ३० हजार पुग्यो ★   व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै प्राविधिक शिक्षालय ★   आधा आकाश ओगट्ने महिलालाई नसमेटिकन चम्किलो धर्तीको कल्पना गर्न सकिँदैन: प्रधानमन्त्री ★   प्रसाईंलाई हतियार राख्न अनुमति दिएकोबारे अनुसन्धान गर्न गृहमन्त्रालयले बनायो छानविन समिति ★   दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डका तीन पुल निर्माणको अन्तिम चरणमा ★   पञ्चकोटमा रहेको गरुड शिला र पृष्ठभूमिका हिमशृङ्खला

यसकारण चल्यो ‘श्री ५ अम्बरे’



हुन त दीपा बस्नेतले निर्देशन गरेको पहिलो चलचित्र अन्तरालले नै धेरैको वाहवाही पाएको थियो । तर बिडम्बना त्यहि सबैले राम्रो भनेको चलचित्र अन्तरालले निर्माताको लगानी सुरक्षीत गर्न सकेन । राम्रा भनिएका सबै चलचित्रले लगानी उठाएका छैनन् भन्ने उदाहरणको रुपमा अन्तराल, झोला, महशुस लगायतका चलचित्रलाई लिन सकिन्छ । पब्लीसिटी र बितरण प्रणाली राम्रो हुन नसकेको कारण सबै राम्रा चलचित्रले राम्रो कमाई गर्न नसकेको भन्दै निर्देशक यादवकुमार भट्टराईले आफ्नो चलचित्र झोलाले पाएका अवार्डहरु लिन अश्वीकार गर्दै आएका छन् । दीपालाई पनि यस्तै चिन्ता थियो कि सबै राम्रा चलचित्र चलेका छैनन् । राम्रो हुँदाहुँदै पनि अन्तराल जस्तै ‘श्री ५ अम्बरे’ पनि निर्माताको लगानी सुरक्षित गरेनभने के होला ? तर दीपा लगायत अम्बरे टिम यतिबेला खुसी छ, किनभने चलचित्रले चर्चा सँगै व्यापार पनि राम्रो गर्न सफल भयो ।


गोपी कृष्ण, गुण सिनेमा लगायतका हलहरुमा चौंथो हप्तामा प्रदर्शन भैरहेको चलचित्र श्री ५ अम्बरेले दुई करोड माथिको कलेक्शन गर्न सफल भएको छ । अष्टेलिया, अमेरिका रयूरोपका बिभिन्न मुलुकहरुमा पनि प्रदर्शनको तयारीमा रहेको यो चलचित्र सडक बालबालीकाको दैनिक जिवनयापनमा आधारित छ । सौगात मल्ल, केकी अधिकारी, बिक्रम सिंहको मुख्य भूमिका रहेको यस चलचित्रमा छोटो समयमा युवापुस्ता माझ लोकप्रिय तथा सामाजिक सञ्जाल फेसबुक र युटुयुबमा धेरै फ्यान जम्मा गर्न सफल र्यापर गायक यमो बुद्ध र नायीका प्रियंका कार्की अतिथी कलाकारको रुपमा रहेका छन् ।

यसकारण चल्यो अम्बरे :

फरक धारका चलचित्र निर्देशनमा दीपाले अर्को छलाङ मारेकी छिन् अम्बरेबाट । कलाकार छनौट नै अडिशन मार्फत गरेदेखि नै अम्बरे चर्चामा थियो । यसको सफलताको मुख्य श्रेय नै कलाकार छनौटलाई जान्छ । चलचित्रका सबै कलाकार जिबन्त लाग्छन् । तपाई हामीले देख्दै आएका सडक बालबालीका नै चलचित्रका कलाकार हुने की भनेर झुक्कीने धेरै छन् । केकी र सौगात परिचित अनुहार भएकोले उनीहरु बाहेकका कलाकारले पहिलो चलचित्र बाटै निक्कै प्रशंशा पाएका छन् ।

चलचित्र सफल हुनुको अर्को कारण हो बिषयबस्तु । नेपाली दर्शकहरुको रोजाई फरक बिषयबस्तु हो भन्ने कुरा अम्बरेको सफलताबाट पनि प्रष्ट भएको छ । फरक बिषय बस्तु भएकै कारण औसत चलचित्र हुदाहुँदै पनि चलचित्र लुट र चप्पली हाईटले दर्शकको अपार साथ पाए । यस्तै अम्बरेले उठान गरेको बिषयबस्तु पनि नेपाली चलचित्रको लागि नयाँ थियो । सडक बालबालीकाको प्रसंग बिभिन्न चलचित्रमा उठे पनि यसकै सेरोफेरोमा पुरै चलचित्र केन्द्रित भएकोले दर्शकले फरक स्वादको रुपमा ग्रहण गरे ।

चलचित्र चल्नुको अर्को कारण यमो बुद्ध पनि हुन् । नेपालमा सामाजिक संञ्जालमा सबैभन्दा लोकपृय पात्र हुन् र्यापर गायक यमो बुद्ध । युवा पुस्तामा लोकपृय यी गायकको पनि सहभागिताले पनि उनका प्रशंशकको पनि साथ पायो अम्बरेले । यसरी युवा, केटाकेटी, प्रौंढर बुढापाका सबैको ध्यान खिच्न सक्ने निर्देशक तथा निर्माण यूनिटको क्षमताले चलचित्र श्री ५ अम्बरेले दर्शक, व्यवसायी तथा चलचित्र समिक्षक सबैको साथ पाएको कुरामा दुईमत नहोला ।

हेर्नुहोस् चलचित्रको ट्रेलर :