• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo

मृगौला पीडितलाई आर्थिक सहयोग



सोलुखुम्बु, २८ मंसिर । छेस्काम ७ सोलुखुम्बु निवासी मृगौला पिडित सुब्बाधनी राई र जुबु ८ सोलुखुम्बु निवासी पक्षघात पीडित दिलमाया राईलाई आर्थिक सहयोग उपलब्ध गराईएको छ ।

सोलुखुम्बु सम्पर्क समिति दक्षिण कोरीयाले मृगौला पीडित राईलाई २ लाख १५ हजार र पक्षघात पीडित राईलाई २५ हजार रुपैया सहयोग स्वरुप उपलब्ध गराएको हो ।

तमु बौद्ध सेवा समिति अनामनगर काठमाडौंको कार्यालयमा एक कार्यक्रम गरी पीडितलाई नगद हस्तान्तरण गरिएको हो ।