• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo
Latest
★   नेपाललाई ६ विकेटले हराउँदै युएई एसिसी प्रिमियर कपको फाइनलमा ★   युएईविरुद्ध नेपाललाई चौंथो सफलता ★   बागलुङमा घाँस काट्ने क्रममा रुखबाट खसेर युवकको मृत्यु ★   भिमादका कृषकले सुन्तला बेचेर भित्र्याए तीन करोड ★   दाङमा आगलागीबाट एकको मृत्यु ★   वर्तमान सत्ता समीकरण परिवर्तन हुँदैनः नेता खनाल ★   कांग्रेस देश र जनताप्रति उत्तरदायी पार्टी होः सहमहामन्त्री राठोर ★   सिन्धुपाल्चोक बस दुर्घटनाका मृतकको सनाखत ★   युएईविरुद्ध नेपाललाई तेस्रो सफलता, गुलशनले लिए दुई विकेट ★   सरकारले स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रको लगानी प्रोत्साहन र सुरक्षित गर्न जरुरी छः अध्यक्ष ढकाल

विप्लव पक्षद्वारा नुवाकोट कार्यालय कव्जा



biplovनुवाकोट, २८ मंसिर । मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी विभाजित भएपछि नेत्रविक्रम चन्द पक्षले नुवाकोटको पार्टी कार्यालय कव्जा गरेकोे छ ।
चन्द पक्षले विदुर नगरपालिका वडा नं. ४ मा रहेको पहिलेको पार्टी कार्यालय कव्जा गरेपछि नेकपा–माओवादी विदुर नगरपालिका वडा नं. ३ मा रहेको एक घरमा भाडामा सरेको छ ।

पहिलेको पार्टी कार्यालय नखोल्न चेतावनी आएपछि पुरानो पार्टी कार्यालयको सम्पुर्ण कागजपत्र र सामान छाडिएको बैद्य माओवादीका एक जिल्ला सदस्यले वताए । मातृ पार्टी एनेकपा माओवादीका जिल्लावासी केन्द्रीय उपाध्यक्ष पोष्टवहादुर वोगटीको निधनपछि विचलित दुवै पार्टीका कार्यकर्ताहरु नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेकपा माओवादीमा प्रवेश गर्ने लहर चलेको छ ।

चन्दको नेकपा माओवादीमा पहिले वैद्य पक्षका संयोजक माइला लामा, सेक्रेटरी मीना वाइवा, सचिवालय सदस्यहरु नारायण नेपाल, सज्जन तामाङ, वलराम गजुरेललगायतका २६ जना सक्रिय कार्यकर्ता लागेको जनाइएको छ ।

विप्लवको नयाँ पार्टीमा बैद्य माओवादी नुवाकोटका इञ्चार्ज माइला लामासहित तीन दर्जन कार्यकर्ता प्रवेश गरेको जनाइएको छ ।

एकीकृत नेकपा माओवादीका एक दर्जन कार्यकर्ताहरु पनि गोप्य भेला गरी चन्द पार्टीमा प्रवेश गरेको श्रोतले बताएको छ । २०६४ सालको संविधान सभा निर्वाचनमा नुवाकोट क्षेत्र नं. १ र ३ मा विजयी एनेकपा माओवादी गत २०७० सालको निर्वाचनमा तीनै क्षेत्रमा पराजित भई तेश्रो स्थानमा झरेको थियो ।