• १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
  •   Unicode
Logo
Latest
★   उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन ★   शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण ★   मन्त्रिपरिषद्को बैठक: सचिव पदमा लम्सालको बढुवा,चैते धानको मूल्य निर्धारण  ★   नेपालको पर्यटकीय सम्भावनालाई विश्वमा प्रचार गर्नसके चार गुणा पर्यटक आउँछन्: सांसद राणा ★   इलाम २ मा रास्वपाका उम्मेदवार मिलन लिम्बू ★   एमडीएमएस खरिदमा अनियमितता गरेको अभियोगमा २० जनाबिरुद्ध मुद्दा दर्ता ★   कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवक मृत फेला ★   सवारी दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु हुने प्रहरीको तथ्यांक ★   सादा पोशाकमा जनशक्ति परिचालन नगर्न गृहको निर्देशन ★   चीनमा आँधीको चेतावनी

पृथ्वी जयन्तीमा विदा दिन राप्रपा नेपालको माग



काठमाडौं, २८ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले पृथ्वी जयन्तीका दिन सार्बजनिक विदा दिन सरकारसँग माग गरेको छ ।
अध्यक्ष कमल थापाको नेतृत्वमा गएको उच्चस्तरीय प्रतिनिधि मण्डलले आज प्रधानमन्त्री सुशील कोइरालासँग बालुवाटारमा भेटवार्ता गरी पौष २७ गते पृथ्वी जयन्तीको दिन सार्वजनिक विदा दिन माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।
भेटवार्ताको क्रममा संविधान निर्माणको सम्बन्धमा पनि कुराकानी भएको राप्रपा नेपालले जनाएको छ । राप्रपा नेपालका अध्यक्ष थापाले निर्धारित समयभित्र संविधान निर्माण हुनुपर्ने र त्यो संविधानमा नेपाललाई सनातन धर्म सापेक्ष हिन्दुराष्ट्र सुनिश्चित हुनुपर्ने आफ्नो पार्टीको अडान प्रधानमन्त्री समक्ष राखेका छन् ।
थापाले सहमति निर्माणको क्रममा मुलुकको चौथो महत्वपुर्ण राजनीतिक शक्तिलाई निषेध गरिएको बिषयलाई आफुहरुले गम्भिरतापूर्वक लिएको पनि वताए ।
भेटवार्ताको क्रममा हालै वेलायती राजदुतले धर्म परिवर्तन गर्ने÷गराउने अधिकार सुनिश्चित हुनुपर्छ भनि दिएको अभिव्यक्तिप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको थियो ।
जवाफमा प्रधानमन्त्री कोइरालाले मुलुक गम्भिर मोडमा रहेकाले सकेसम्म सहमतिबाटै संविधान निर्माण गर्ने, सहमतिका लागि अन्तिमसम्म प्रयत्न जारी राख्ने, नभए विधि र प्रक्रियाबाट भएपनि माघ ८ गतेभित्र संविधान जारी गर्न आफु प्रतिवद्ध रहेको बताए ।
प्रधानमन्त्री कोइरालाले निर्धारित मितिमा संविधान जारी नभए मुलुक अस्थिरता तर्फ जान सक्ने खतरा रहेकाले आफुलाई सहयोग गर्न राप्रपा नेपालसँग आग्रह गरे । प्रधानमन्त्री कोइरालाले राप्रपा नेपाललाई निषेध गर्ने आफ्नो नियत र मनसाय नरहेकाले सवैको सल्लाह अनुसार आफु अघि बढ्ने धारणा व्यक्त गरे ।
बेलायती राजदुतको भनाई आपत्तिजनक रहेको भन्दै प्रधानमन्त्री कोइरालाले यस सम्बन्धमा परराष्ट्र मन्त्रालय मार्फत जानकारी लिने र आवश्यक परे राजदुतलाई बोलाएरै भएपनि संवेदनशील विषयमा सार्वजनिक रुपमा अभिव्यक्ति नदिन सचेत गराउने पनि प्रतिनिधिमण्डललाई विश्वास दिलाए ।
राप्रपा नेपालका अध्यक्ष थापाले बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै प्रधानमन्त्री कोइरालाले संसारभर राष्ट्रनिर्मातालाई इज्जत र सम्मान दिएको प्रसंग उल्लेख गर्दै पृथ्वीनारायण शाहलाई सम्मान दिने विषयमा आफु सकारात्मक रहेको प्रतिक्रिया दिए । राप्रपा नेपालले पृथ्वी जयन्तिको अवसरमा सार्वजनिक विदा दिन, राष्ट्रिय एकता दिवसलाई पर्वको रुपमा मनाउन र नेपाली नोटमा श्री ५ पृथ्वीको तस्वीर अंकित गर्ने व्यवस्थाको माग राख्दै आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।
प्रतिनिधि मण्डलमा राप्रपा नेपालका अध्यक्ष थापा, उपाध्यक्षद्धय टंक ढकाल, निरञ्जन थापा, महामन्त्री चन्द्रबहादुर गुरुङ्ग र सहप्रवक्ता मोहन श्रेष्ठ सहभागी थिए ।