• १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
  •   Unicode
Logo
Latest
★   उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन ★   शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण ★   मन्त्रिपरिषद्को बैठक: सचिव पदमा लम्सालको बढुवा,चैते धानको मूल्य निर्धारण  ★   नेपालको पर्यटकीय सम्भावनालाई विश्वमा प्रचार गर्नसके चार गुणा पर्यटक आउँछन्: सांसद राणा ★   इलाम २ मा रास्वपाका उम्मेदवार मिलन लिम्बू ★   एमडीएमएस खरिदमा अनियमितता गरेको अभियोगमा २० जनाबिरुद्ध मुद्दा दर्ता ★   कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवक मृत फेला ★   सवारी दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु हुने प्रहरीको तथ्यांक ★   सादा पोशाकमा जनशक्ति परिचालन नगर्न गृहको निर्देशन ★   चीनमा आँधीको चेतावनी

जाडोबाट जोगाउन फोरम नेपालको माग



काठमाडौं, २८ मंसिर । मधेसी जनअधिकार फोरम, नेपालले शीतलहरका कारण बढेको अत्याधिक जाडोबाट जनतालाई जोगाउन सरकारसँग माग गरेको छ । यस्तै आफ्नो क्षेत्रबाट सघाउन विभिन्न संघसंस्थाहरुलाई पनि फोरम नेपालले आग्रह गरेको छ ।
फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले आज विज्ञप्ति निकालेर विभिन्न न्यानो लुगा, आगो ताप्ने दाउरा र प्रभावित क्षेत्रमा औषधी उपचार लगायतको यथाशीर्घ व्यवस्था गर्न स्थानीय प्रहरी–प्रशासनसंग जोडदार माग गरेका छन्
विज्ञप्तिमा शीतलहर प्रभावित क्षेत्रमा न्यानो लुगा कपडा र आगो ताप्ने दाउराको उपलब्ध गराउन आ–आफ्नो क्षेत्रबाट सहयोग गरिदिन विभिन्न सामाजिक संघसंस्था, राजनीतिक दल र स्थानीयवासीसंग पनि अनुरोध गरिएको छ ।
मधेशका जिल्लाहरुमा अत्याधिक चिसोसँगै शीतलहर सुरु भइसकेको भन्दै विज्ञप्तिमा बिहानपख लाग्ने बाक्लो हुस्सु, दिउँसोको तुवाँलो र हावाका कारण मधेश क्षेत्रको जनजीवन कष्टकर बन्दै गएको उल्लेख छ । एक हप्तादेखि मौसम बदली हुँदा जाडोमा बिहान उठेर कामधन्दामा हिंड्नुपर्नेहरुलाई सास्ती भएको विज्ञप्तिमा लेखिएको छ ।
विज्ञप्तिमा भनिएको छ–‘धनुषा, सिरहा, सप्तरी, रौतहट, बारा, सर्लाही, महोत्तरी, पर्सा, कपिलबस्तु, बाँके र बर्दिया सहित मधेशका अन्य जिल्लामा बिहानैदेखि बाक्लो हुस्सु लाग्नुका साथै शीतलहर बढेको कारण अत्याधिक जाडो भएकाले जनजीवन कष्टकर बनेको छ । चिसो बढेसँगै न्यानो कपडा र आगो ताप्ने व्यवस्था गर्न स्थानीयले माग गर्न थालेका छन् । यसपटक मधेशका जिल्लाहरुमा छिट्टै शीतलहर सुरु भएकोले स्थानीय संकटमा परेका छन् ।’
जाडो मौसममा बालबालिकालाई श्वासप्रश्वासमा समस्या देखिने, बृद्धबृद्धाहरुमा जाडोले कठ्यांगिने र हाड जोर्नी दुख्ने समस्या हुनेहुँदा सचेत हुनुपर्ने भन्दै शीतलहरका कारण रौतहट लक्ष्मीनियाँ–२ मुसहरी टोलका ५० वर्षका भोला माझीको कठ्यांग्रिएर मृत्यु भइसकेको फोरम नेपालले जानकारी दिएको छ ।