• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo
Latest
★   सोमपालले दिलाए नेपाललाई पहिलो सफलता ★   मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी ★   अफ्रिकी किशोरी भन्छन् – नेपाली भाषा र संस्कृति लैजान्छौँँ ★   गत वर्ष सडकमार्गबाट चार लाख पर्यटक मुस्ताङ पुगे ★   एसिसी प्रिमियर कप: नेपालले युएईलाई दियो १२० रनको सामान्य लक्ष्य ★   ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा ★   युएईविरुद्ध नेपालले गुमायो सातौं विकेट ★   युएईविरुद्ध अर्धशतक बनाएर आउट भए सन्दीप जोरा, नेपालको छैटौं विकेट पतन ★   युएईविरुद्ध नेपालले गुमायो पाँचौं विकेट, दिपेन्द्रसिंह ऐरी ५ रनमा आउट ★   कसरी गर्ने पदयात्राको तयारी ?

पहिरो परी बीसको मृत्यु असी भन्दा बढी बेपत्ता



इन्डोनेसिय, २८ मंसिर । इन्डोनेसियाको जाभा द्वीपको मध्य भागमा पर्ने बाङ्जानेगारा जिल्लामा गत शुक्रबार गएको पहिरोमा परी मर्ने व्यक्तिको सङ्ख्या २० पुगेको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।

अबिरल वर्षापछि शुक्रबार अबेर राति गएको यस पहिरोमा परी २० व्यक्तिको मृत्यु हुनुको साथै अन्य ८० भन्दा व्यक्ति हराइरहेका राष्ट्रिय प्रकोप व्यवस्थान निकायका प्रवक्ता सुतोपो पुर्वो नुङ्रोहोले बताए । जाभा द्वीपको जेमब्लुङ्ग गाउँमा गएको यस पहिरोबाट बालबालिकासहित १२ घरपरिवारका व्यक्तिहरु पुरिएका नुङ्रोहोले बताए ।

नुङ्रोहोका अनुसार पहाडी इलाकामा पर्ने यस इलाकामा यस पहिरोमा २४ घण्टा पछाडीसम्ममा २० व्यक्तिको मृत्यु हुनुका साथै अन्य ८८ जना अझै बेपत्ता रहेका छन् ।

यस प्रकोपको क्रममा १५ जना व्यक्तिहरु गम्भीर घाइते भएका र ती मध्ये अन्य ११ जना अवस्था गम्भीर रहेको जनाइएको छ । पहिरो प्रभावित यस क्षेत्रबाट ५७७ व्यक्तिलाई अस्थाई शरणार्थी स्थलमा विस्थापित गरिएको बताइएको छ ।

सैनिक, प्रहरी, स्थानीय र उद्धार अधिकारीहरुको सहयोगमा जारी यस उद्धारकार्यमा करिब एक हजार २५० व्यक्तिको उद्धार गरिएको बताइएको छ ।