• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo

स्वास्थ्य शिविरबाट २७६ जना लाभान्वित



पोखरा, २८ मंसिर । सहारा क्लब पोखराको आयोजनामा पोखरा–१७ दोबिल्लामा आज भएको स्वास्थ्य शिविर तथा औषधि वितरण कार्यक्रममा २७६ जना लाभान्वित भएका छन् ।
पद्म नर्सिङ होम र फिस्टेल हस्पिटलको प्राविधिक सहयोगमा भएको उक्त शिविरमा १२४ जना पुरुष र १५२ जना महिलाले निःशुल्क स्वास्थ्य परीक्षण गराएको कार्यक्रमका संयोजक केशव बरालले जानकारी दिए ।
शिविरमा निर्मल पोखरी, भरतपोखरी, कृस्ती, भोटेपोखरी, दोबिल्ला, प्रगतिटोल, महत गौडा र तनहुँका केही गाविसका जनता स्वास्थ्य परीक्षणका लागि शिविरमा आएका थिए ।
शिविरमा हाडजोर्नी, नशा, पेट, छाती तथा मुटु, आँखा, कान, घाँटी, छाला, स्त्रीरोग, बालरोगको जाँच गरिएको थियो ।
शिविरमा ती दुवै स्वास्थ्य संस्थाका चिकित्सकसहितको ३३ जनाको स्वयंसेवी टोली संलग्न रहेका थिए ।