• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo

सलमानले हेप्ने गरेको सोनाक्षीको दुखेसो



अभिनेता सलमान खानको को -एक्टरको रुपमा चलचित्र दबंगबाट बलिउडमा डेब्यू गरेकी अभिनेत्री सोनाक्षी सिन्हाले सलमानले आफूलाई हेप्ने गरेको गुनासो गरेकी छिन् । सलमानको आफूभन्दा सानालाई हेप्ने बानी आफूलाई मन नपर्ने पनि उनले बताईन् ।

२७ बर्षीय यी अभिनेत्रीले शाहरुख खान र आमिर खानसँग काम नगरेकोले उनीहरु कस्ता छन् भन्ने थाहा नभएको बताउछिन् । उनीहरुको बानी कस्तो छ भन्ने थाहा नपाए पनि उनीहरुको कामबाट भने प्रभाबित भएको बताउछिन् ।

सलमानको बानी मन नपरे पनि उनको स्टारडमको भने सोनाक्षीले प्रसंशा गरिन् । सोनाक्षी भन्छिन् ‘तीन खानको स्टारडम साच्चै लोभलाग्दो छ । सोसल मिडियामा सर्वसाधारणको पहुँच बढेकोले हामीहरुलाई तीन खानको जस्तो स्टारडम बनाउन मुस्किल हुनेछ ।’