• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo

बामदेवका सल्लाहकार नेपालको राजीनामा



काठमाडौं,६ पुस । उपप्रधानमन्त्री एबम् गृहमन्त्री बामदेव गौतमका प्रमुख राजनीतिक सल्लाहकार प्रदीप नेपालले आइतबार पदबाट राजीनामा दिएका छन् । नेपाल पछिल्लो समयमा गौतमको कार्यशैलीसँग असन्तुष्ट भएर कार्यालय जान छाडेका थिए । एमाले पोलिटव्यूरो सदस्य समेत रहेका नेपालले आफ्नो कुनै सल्लाह पनि सुनुवाई नभएपछि दिक्क लागेर राजीनामा दिएको बताएका छन् ।

एमआरपी बनाउन कम्तिमा ५ विकास क्षेत्रमा क्षेत्रीय प्रशासन कार्यालयमार्फत जनतालाई सजिलो बनाउँ भन्दा पनि सुनुवाई नभएको उनले बताए ।
नेता नेपालले आफ्नो फेसबुक पेजबाट पनि यस कुराको जानकारी गराएका छन् । फेुसबुक पेजमा उनी लेख्छन् ‘आजैदेखि लागू हुने गरी मैले उपप्रधानमन्त्री एवम् ग्रिहमन्त्री को प्रमुख सल्लाहकारबाट राजीनामा दिएको छु।’