• १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
  •   Unicode
Logo
Latest
★   उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन ★   शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण ★   मन्त्रिपरिषद्को बैठक: सचिव पदमा लम्सालको बढुवा,चैते धानको मूल्य निर्धारण  ★   नेपालको पर्यटकीय सम्भावनालाई विश्वमा प्रचार गर्नसके चार गुणा पर्यटक आउँछन्: सांसद राणा ★   इलाम २ मा रास्वपाका उम्मेदवार मिलन लिम्बू ★   एमडीएमएस खरिदमा अनियमितता गरेको अभियोगमा २० जनाबिरुद्ध मुद्दा दर्ता ★   कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवक मृत फेला ★   सवारी दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु हुने प्रहरीको तथ्यांक ★   सादा पोशाकमा जनशक्ति परिचालन नगर्न गृहको निर्देशन ★   चीनमा आँधीको चेतावनी

जापानमा नेपाली विद्यार्थीको राहत केन्द्र बन्दै ओसिस



पछिल्लो केही समययता नेपालबाट विद्यार्थी भिसामा जापान आउने दैनिक जसो बद्ढै गएका छन । केही समय मेहनत गर्दा पढाइसँगै हुने कमाइले भविष्यलाई सुनिश्चित गर्न सकिने भएकोले पनि युवापुस्ताको पहिलो रोजाई बनेको छ जापान । जापानको टोकियोमा १ घण्टा काम गरे बराबर दिउसोमा कम्तिमा ८५० र रातिमा ११०० कमाई हुन्छ ।

केशरमहलस्थित शिक्षा मन्त्रालयको छात्रवृत्ति शाखाले दिएको जानकारी अनुसार २०७१ वैशाखयता ५ हजार ८ सय ६९ विद्यार्थीले उच्चशिक्षाका लागि जापान आउन भनी ‘नो अब्जेक्सन लेटरु लिइसकेका छन्। पछिल्लो समय प्लस ट पास गरेर जापान जानका लागि नो अब्जेक्सन लेटर लिन संख्या जाने बढेको छ, छात्रवृत्ति शाखाका प्रमुख प्रकाश महर्जनले भने, ‘पढाइका साथै काम पनि गर्न मिल्ने भएकाले जापानमा विद्यार्थी आकर्षित भएका हुन सक्छन्।’ महर्जनका अनुसार उच्चशिक्षाका लागि विगतमा अस्ट्रेलिया जाने विद्यार्थी संख्या पहिलो नम्बरमा थियो, यसपालि जापानले उछिनेको छ।

उच्चशिक्षाका लागि जापान जान चाहनुमा पढाइभन्दा पनि रोजगारी कारक भएको विद्यार्थीको भनाइ छ । उच्च शिक्षाका लागि बाहिरी देश जानेको संख्या क्रमशः बढ्दै गएको शिक्षा मन्त्रालय वैदेशिक अनुमतिपत्र शाखाले जानकारी दिएको छ। उच्चशिक्षाका लागि जापान जान के–कस्ता प्रक्रिया पूरा गर्नुपर्छ भनी परामर्श लिन आउने विद्यार्थी संख्या धेरै रहेको शैक्षिक परामर्शदाताले जनाएका छन् । ओसिस जापानिज ल्यांगवेज सेन्टर , कालिमाटीका निर्देसक अमृत पन्तका अनुसार जापान जानको लागि दैनिक जसो आफ्नो ईन्स्टिच्युटमा जापानिज भाषा पढ्ने साथै परामर्स लिने विद्यार्थीको संख्या बद्ढै गएको छ । पछिल्लो समय ओसिस जापानिज ल्यांगवेज सेन्टरले जापानको टोक्यो , गुल्मा , साइतामा , योकोहामा लगाएतका ठाउमा काम नपाएका नेपाली विद्यार्थीलाई काम खोज्न साथै केही समस्या परेमा सहयोग गर्दै आएको पन्तको भनाइ रहेको छ ।

जापानको शिन्जुकुमा रहेको ह्युमन एकेडेमी जापानिज ल्यांगवेज स्कुलका नेपाली कर्मचारी बिष्णु तिवारीको भनाइ अनुसार जापानमा संसारकै धेरै सम्भावना र अबसर रहेको हुनाले जापान आएर जो राम्रोसँग भाषा सिकेर काम गर्छ उसलाई पछी अरु बिदेसी विद्यार्थी जस्तो बन्न गाह्रो नहुने तिवारीको भनाइ रहेको छ । जापानमा कामसँगै पढाइलाई पनि निरन्तरता दिन सकिने भएकाले जापान आउन विद्यार्थी उत्साही भएका हुन् ।

जापान आउने विद्यार्थीले यहाँ विधिवतरूपमा पढाइ थाल्नुअघि दुई वर्षसम्म जापानी भाषा कक्षा लिनुपर्छ । जापानी कक्षामा दक्षता हासिल गरेपछि मात्र विद्यार्थीले यहाँको विश्वविद्यालयमा स्नातक वा स्नातकोत्तर तह पढ्न पाउँछन् । जापान स्थित नेपाली राजदुत डा मदन्कुमार भट्टराईले पनि नेपाली विद्यार्थीलाई समस्या परेको बेलामा सहयोग गर्दै आएको बताए।