• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo

माघ ३ र ५ गतेको नेपाल बन्द फिर्ता



काठमाडौं, ३० पुस । एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलीय मोर्चा र नेकपा–माओवादीले आब्हान गरेको दुई वटै नेपाल बन्द फिर्ता भएको छ । एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चाले माघ ५ गते र नेकपा–माओवादीले माघ ३ गतेका लागि तय गरेको नेपाल बन्द फिर्ता लिएका हुन ।
एमाओवादी अध्यक्ष प्रचण्ड, नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्य र आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपालका संयोजक पदमरत्न तुलाधर वीच आज (बुधवार) भएको संयुक्त बैठकले दुबै दिनको नेपाल बन्द फिर्ता लिएर माघ ६ गते संयुक्त रुपमा नेपाल बन्द गर्ने निर्णय गरेको हो ।
प्रचण्डका स्वकीय सचिव तथा एमाओवादी केन्द्रीय सदस्य चुडामणि खडकाले माघ ३ र ५ गतेका लागि घोषित नेपाल बन्द फिर्ता लिएर माघ ६ गते संयुक्त रुपमा नेपाल बन्द गर्ने निर्णय गरिएको जानकारी दिए ।