• १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
  •   Unicode
Logo
Latest
★   मन्त्रिपरिषद्को बैठक: सचिव पदमा लम्सालको बढुवा,चैते धानको मूल्य निर्धारण  ★   नेपालको पर्यटकीय सम्भावनालाई विश्वमा प्रचार गर्नसके चार गुणा पर्यटक आउँछन्: सांसद राणा ★   इलाम २ मा रास्वपाका उम्मेदवार मिलन लिम्बू ★   एमडीएमएस खरिदमा अनियमितता गरेको अभियोगमा २० जनाबिरुद्ध मुद्दा दर्ता ★   कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवक मृत फेला ★   सवारी दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु हुने प्रहरीको तथ्यांक ★   सादा पोशाकमा जनशक्ति परिचालन नगर्न गृहको निर्देशन ★   चीनमा आँधीको चेतावनी ★   चैते धानमा किसानको आकर्षण बढ्दै ★   खेतालालाई दिने ज्याला नपुग्ने भएपछि बगानमै छाडियो कुचो

बङ्गलादेशमा विपक्षीको आन्दोलन चर्कियो



ढाका, ३० पुस । बङ्गलादेशमा सरकारविरुद्धको आन्दोलन झनै चर्र्र्किएको  छ । आन्दोलनका क्रममा बुधबारमात्र चारजनाको ज्यान गएको बताइएको छ ।
सरकारका विरुद्धमा त्यहाँ नौ दिनदेखि आन्दोलन जारी रहेको छ । सो आन्दोलनका क्रममा बुधबारसम्ममा १७ जनाको ज्यान गइसकेको बताइएको छ ।


 बङ्गलादेशका प्रमुखसहितका विपक्षी दलहरुले गत वर्षको आमनिर्वाचन एकपक्षीय र धाँधलीपूर्ण भएको भन्दै सो निर्वाचनको वर्षदिन पुगेको दिन गत हप्तादेखि सरकार विरोधी आन्दोलन सुरु गरेका हुन् ।
सो आन्दोलनले पछिल्लो समयमा हिंसाको रुप लिइरहेको बताइएको छ । सरकारले राजधानी ढाकामा विरोध प्रदर्शन एवम् जुलुस निकाल्न पनि प्रतिबन्ध लगाएको छ ।
तर पनि राजधानीमा नै विभिन्न समयमा यस्ता हिंसाका रुप देखिएका छन् । जसका कारण त्यहाँ नागरिकको जनजीवन पनि प्रभावित भइरहेको छ ।
प्राप्त पछिल्लो समाचारअनुसार बङ्गलादेशको एक उत्तरी जिल्ला रङ्गपुरमा बुधबार बिहानै चारजनालाई जिउँदै जलाएर मारिएको छ ।
सो जिल्लामा सरकारका विरुद्धमा चर्किएको हिंसाका क्रममा ती चारजना व्यक्ति जलाइएका बताइएको छ । यसरी मारिनेमा एकजना बच्चा पनि परेको बताइएको छ ।
बङ्गलादेशको उत्तरी सहर मिठक्पकरका एकजना प्रहरी अधिकारीले बुधबार बिहानै सुुरु भएको आमहडतालका क्रममा आन्दोलनकारीले गुडिरहेको बसमा आगो लगाई हत्या गरेका बताएका छन् ।
सो क्षेत्रबाट राजधानी ढाकाका लागि हिँडेको बसमा आमहडताल सफल बनाउने नाममा हिँडेका विपक्षी दलका कार्यकर्ताले आगो लगाइदिएको प्रहरीले जनाएको छ ।
उक्त हिंसात्मक हमलापछि सो बसमा रहेका चारजनाको जलेर मृत्यु भएको छ भने अरु ११ जना नराम्ररी घाइते भएका छन् । घाइतेको रङ्गपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।
सोही जिल्लामा मङ्गलबार पनि हिंसामा परी दुईजना मारिएका थिए । बुधबार पनि बिहानैदेखि आन्दोलन सुरु भएको बताइएको छ । विभिन्न स्थानमा प्रहरीसँग भिडन्त जारी रहेको बताइएको छ ।
गत वर्षको आमनिर्वाचनमा सबैजसो विपक्षी दलको सहभागिता नरहेकाले वर्तमान सरकार नै जनताद्वारा निर्वाचित सरकार नभएको भन्दै विपक्षी दलले अर्काे निर्वाचनको माग गरिरहेका छन् ।
पूर्व प्रधानमन्त्री बेगम खालिदा जियाको पार्टी बङ्गलादेश नेसनल पार्टी (बिएनपी) र अर्काे विपक्षी दल जमात ए इस्लामीले सो आन्दोलनको नेतृत्व गरिरहेका छन् ।
यी दुई दलले गत वर्षको आम निर्वाचन बहिस्कार गरेका थिए । त्यसैले वर्तमान सरकार जनताद्वारा निर्वाचित सरकार नभएको भन्दै अर्काे निर्वाचनको माग उनीहरुले गरेका हुन् ।