• १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
  •   Unicode
Logo
Latest
★   अर्थराजनीतिक दृष्टिकोणमा आधारित परराष्ट्र नीति नेपालको प्राथमिकताः डा सापकोटा ★   बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ ★   अर्थमन्त्री वर्षमान पुनले गरे बजेट लेखन समिति गठन ★   मन्त्रिपरिषद् बैठकः सरकारद्वारा तथ्यांक नियमावली २०८० लाई स्वीकृत, यस्ता छन् अन्य निर्णयहरु ★   विज्ञान र प्रविधिको क्षेत्रमा पहुँच पुर्‍याउने शिक्षा अध्यापन गराउनुपर्छः पूर्वराष्ट्रपति भण्डारी ★   सुदूरपश्चिम सरकार छाड्न नाउपा अध्यक्ष रञ्जिताद्वारा लिखित निर्देशन ★   आयरल्यान्ड ‘ए’ सँग नेपाल ‘ए’ २१ रनले पराजित ★   संघीय निजामती ऐन र प्रहरी समायोजन ऐन कार्यान्वयनमा जाने ढोका खुलेको छ: प्रधानमन्त्री दाहाल ★   आयरल्यान्ड ‘ए’ विरुद्ध लोकेश बमको सानदार शतक ★   आयरल्यान्ड ‘ए’ विरुद्ध लोकेश बमको अर्धशतक

फेसबुक बारे तपाइँले थाहा नपाएका ९ रोचक तथ्यहरु



झण्डै डेढ अर्ब प्रयोगकर्ता रहेको फेसबुक विश्वको सबैभन्दा ठूलो सोसल मिडिया साइट हो । तर फेसबुकका ठ्याक्कै वास्तविक प्रयोगकर्ता कति छन् भन्ने बारेमा कतिजनालाई था

हा

– छ ? मार्केटिङ र्फम विसपोन्डले फेसबुकको बारेमा केही पछिल्ला ४० तथ्यहरु सार्वजनिक गरेको छ । जसमध्ये ९ रोचक तथ्य बिजनेस इनसाइडरले यसरी प्रस्तुत गरेको छ

· फेसबुक किशोरी तथा युवतीहरुका लागि खासै सुरक्षित देखिँदैन । फेसबुक प्रयोगकर्ता ६६ प्रतिशत किशोरीहरुले फेसबुकमा आफुलाई दुव्र्यवहार हुने गरेको बताएका छन् ।· फेसबुक खासै बुढो भएको छैन । अर्थात् यसका प्रयोगकर्ता उमेर छिप्पिएका मात्र छैनन् । सन् २०१४ मा माध्यामिक तहमा अध्ययनरत ८७ प्रतिशतले आफ्नो अझै पनि फेसबुक अकाउण्ट रहेको बताएका छन् । त्यस्तै ७० प्रतिशत फेसबुक प्रयोगकर्ता किशोर किशोरीहरु फेसबुकमा आफ्ना अभिभावकसँग साथी छन् ।

फेसबुक प्रयोगकर्ताले आफ्नो रिलेसनसिप स्टाटस परिवर्तन गर्ने दिनमा फेसबुक पोष्टमा हुने अन्तरक्रिया २ सय २५ प्रतिशतले वृद्धि हुन्छ । तर २८ प्रतिशत नवविवाहित महिला पुरुषले मात्र आफ्नो विवाह भएको केही घण्टाभित्रै फेसबुकमा रिलेसनसिप स्टाटस परिवर्तन गर्ने गरेको पाइएको छ । अर्थात् विवाह भैसकेपछि पनि फेसबुक प्रयोगकर्ताहरु आफ्नो सिंगल स्टाटस फेर्न तत्कालै रुचाउँदैनन् ।

· फेसबुकमा साथी रहेका मध्ये सबैभन्दा धेरै ‘अनफ्रेण्ड’ गरिने साथीहरु स्कुल पढ्दाताकाका साथीहरु नै हुन् । किनकी उनीहरुले असम्बन्धित तथा ध्रुविकृत पोष्टहरु गर्दछन् ।

· अमेरिकामा १९.४ प्रतिशत जागिरेहरु उनीहरुको कार्यस्थलमा फेसबुक चलाउनबाट बञ्चित छन् । ३० प्रतिशत अमेरिकीले भने अफिसमा काम गरिरहेको बेलामा समेत फेसबुक चलाइरहन्छन् ।

· सबैभन्दा धेरै फेसबुक फ्यान भएको टेलिभिजन शो ‘दी सिम्पसन’ हो । यो एनिमेटेड कार्टुन शो को फेसबुक पेजमा ६ करोड ९६ लाख फ्यान रहेका छन् । बढि फ्यान भएका टेलिभिजन शो मा दोश्रोमा मिस्टर बिन र तेश्रोमा स्पोन्जबब रहेका छन् ।

· फेसबुकमा सबैभन्दा लोकप्रिय संगीतकर्मी शाकिरा हुन् । उनका १० करोड फेसबुक फ्यान छन् । त्यस्तै दोश्रो स्थानमा ९ करोड १० लाख फ्यान सहित इमिनेम र तेश्रो स्थानमा रहेकी रिहान्नाका ८ करोड १० लाख फेसबुक फ्यान रहेका छन् ।

· विश्वमा सबैभन्दा धेरै सक्रिया फेसबुक प्रयोगकर्ता रहेको देश क्यानडा हो । अमेरिका र क्यानडामा गरी फेसबुक दैनिक प्रयोगकर्ताको कुल संख्या १५ करोड ७० लाख रहेको छ ।

· एसिया महादेशमा फेसबुकका दैनिक सक्रिय प्रयोगकर्ताको संख्या २५ करोड ३० लाख रहेको छ । तर विश्वको सबैभन्दा धेरै जनसंख्या रहेको चीनमा भने फेसबुक प्रतिबन्धित रहेकेा छ ।