• १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
  •   Unicode
Logo
Latest
★   उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन ★   शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण ★   मन्त्रिपरिषद्को बैठक: सचिव पदमा लम्सालको बढुवा,चैते धानको मूल्य निर्धारण  ★   नेपालको पर्यटकीय सम्भावनालाई विश्वमा प्रचार गर्नसके चार गुणा पर्यटक आउँछन्: सांसद राणा ★   इलाम २ मा रास्वपाका उम्मेदवार मिलन लिम्बू ★   एमडीएमएस खरिदमा अनियमितता गरेको अभियोगमा २० जनाबिरुद्ध मुद्दा दर्ता ★   कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवक मृत फेला ★   सवारी दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु हुने प्रहरीको तथ्यांक ★   सादा पोशाकमा जनशक्ति परिचालन नगर्न गृहको निर्देशन ★   चीनमा आँधीको चेतावनी

दाँत माझ्ने स्मार्ट ब्रस



ब मोबाइल र

लगाउने पहिरनमात्र स्मार्ट रहेनन् । ‘इन्टरनेट अफ अल थिङ्स’को अबधारणाअनुसार दैनिक प्रयोग हुने सवैजसो सामाग्र विस्तारै स्मार्ट बन्दैछन् ।

यो बर्ष स्मार्ट पहिरनमा कम्पनीहरुवीच कडा प्रतिस्पर्धा हुँदै छ भने याहु, गुगल, एप्पल र शाओमीजस्ता प्रबिधि हस्तीहरुले स्मार्ट घरको बिकाशका लागि मेहेनत गरिरहेका छन् ।

यसैक्रममा यसै साता सम्पन्न कन्जुमर इलेक्ट्रोनिक सो मा दाँत माझ्ने स्मार्ट ब्रस आर्कषणको केन्द्र बन्यो
। कोलिब्री कम्पनीले उत्पादन गरेको यस्तो इलेक्ट्रोनिक ब्रस धेरै सन्र्दभमा आश्चर्यजनक र अदभूत छ ।

यो ब्रस ब्लुटुथमार्फत् तपाईंको मोबाइलमा जोडिन्छ । कनेक्टेड ब्रसले दाँत माझ्दा तपाईले कहाँ प्रयोग गरिरहनुभएको छ जानकारी रियलटाइम स्त्रिmनमा हेर्न सक्नुहुन्छ ।

राम्रोसँग बैज्ञानिक तरिकाले ब्रस गर्ने बानी बसाउन यसमा एउटा गेमको बिकाश गरिएको छ । यदि तपाईले कुनै ठाउँमा ब्रस गर्न छुटाउनुभयो भने स्त्रिmनमा तत्कालै त्यसको जानकारी आउँछ । तपाईंले राम्रोसँग ब्रस गर्नुभएको छ भने स्त्रिmनमा सुनौलो रङ देखिने छ ।

प्रायः बच्चाले ब्रस गर्न नमान्ने र राम्रोसँग ब्रस नहुने समस्या रहेको भन्दै कोलिब्री कम्पनीका प्रमुख कार्यकारी अधिकृत थोमस सर्भलले भने- यो ब्रसमार्फत् खेल खेल्दै बच्चाले आनन्दसँग ब्रस गर्न सक्नेछन, अब उनीहरुका लागि ब्रस गर्नु आनन्दको बिषय हुने छ ।’

२ सय अमेरिकी डलर मूल्य पर्ने यो ब्रस केही महिनाभित्र बिक्रि सुरु हुने बताइएको छ । यस्तो ब्रस बनाउने कोलिब्री पहिलो कम्पनी भने हैन् । ओरलबी र ग्रुस कम्पनीले यस्तै कनेक्टेड ब्रसको बिकाश गरिसकेका छन् ।