• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo
Latest
★   भारतले रोक्यो नेपाली चियाको निर्यात ★   ब्रम्हलुट र मनपरितन्त्रको अन्त्य चाहने हो भने ईलामेलि जनताले राप्रपा नेपाललाई रोज्नुपर्छ:- महामन्त्री बर्तौला ★   बालेनको कारबाही: राप्रपालाई ५ हजार २२२ रुपैयाँ जरिवाना ★   काठमाडौं महानगरमा निःशुल्क उपचार सेवा, कस्ताले पाउछन् याे सेवा ★   कोशी प्रदेश सभा: विश्वासको मत लिन सभामुखको निर्देशन ★   अवैध औषधि बेच्ने दुई मेडिकल बन्द ★   एमाले प्रतिनिधि परिषद् बैठकको तयारी पूरा ★   अस्ट्रेलियामा पुरुष हिंसाको सङ्कट छ– महान्यायाधिवक्ता ★   फास्ट ट्रयाक तोकिएकै समयमा बनिसक्छ, हालसम्म लागत बढेको छैनः प्रधान सेनापति शर्मा ★   काठमाडौँ–तराई–मधेश द्रूतमार्गको भौतिक प्रगति ३३ प्रतिशत

एसएलसीको नतिजा प्रकासन भएको आधा घण्टाभित्र थाहा हुने



परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले गत साल लिइएको प्रवेशिका परीक्षा (एसएलसी) को नतिजा एक साताभित्र प्रकासन गर्ने जनाएको छ ।

ओएनएससँग कुरा गर्दै परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले भने,  ‘परीक्षाको नतिजा प्रकासन गर्ने काम अन्तिम चरणमा पुगेको छ । अब बढिमा एक साता लाग्नेछ ।’  उनले इन्ट्री हुने काम भैरहेकोले जनाए । इन्ट्रीको काम सकिने लगत्तै नतिजा प्रशासन गरिने द्वारेले जानकारी दिए । द्वारेका अनुसार यसपटक पनि विद्यार्थीहरुले फोन, एसएमएस र इन्टरनेटबाट नतिजा थाहा पाउन सक्नेछन् ।

नतिजा प्रशासन भएको आधा घण्टा भित्र संचार माध्यमबाट थहा पाउने व्यवस्था मिलाइएको द्वारेको भनाइ छ ।  एसएमएस गर्दा एएलसी टाइप गरी १४०० सेन्ड गर्नु पर्नेछ । ( slc<space><symbolNumber> and send the sms to 1400) । यसै गरी ल्याण्डलाइन वा मोबाइलबाट १६०० मा डायल गरी पनि नतिजा थाहा पाउन सकिनेछ भने परिक्षा नियन्त्रण कार्यालय भक्तपुरले विभिन वेबसाइटसँग इन्टरनेटबाट नतिजा प्रकासन गर्न सम्झौता गरेको छ । www.slc.ntc.net.np,  edukhabar.com लगायताका वेबसाइटबाट नतिजा पाउन सकिनेछ ।

यता भूकम्पले क्षति पुगेका ठूला कलेजहरुले नतिजा सार्न दबाब दिएको भन्ने विषयको द्वारेले खण्डन गरेका छन् । द्वारेले भने , ‘एसएलसीको नतिजा समयमै थाहा पाउने विद्यार्थीको अधिकार हो । नतिजा सार्ने कुरै छैन । कसैले सार्ने दबाब दिएको पनि छैन । ‘

भत्किएका कलेजका भवन व्यवस्थापन भइनसकेका र  नतिजा अाउने  वित्तिकै विद्यार्थी पढ्न आउदा समस्या पर्ने र भड्कीन सक्ने भन्दै सञ्चालकहरुले प्रभाव राख्न सभासदलाइ समेत प्रयोग गरेको बताइएको थियो ।

ओएनएसको भूकम्पबाट क्षति भएका कलेजलाई विद्यार्थी भर्ना लिन समस्या पार्ला की ? भन्ने  प्रश्न गर्दा परीक्षा नियन्त्रक द्वारेले भने , ‘हाम्रो काम नतिजा समयै प्रकासन गर्ने हो । कलेजहरुले भर्ना लिने विषयमा हाम्रो कुनै सम्बन्ध छैन ।’

यस वर्षको परीक्षामा कूल पाँच लाख ७४ हजार ६८५ जना परीक्षार्थी सहभागी भएका छन् । जसमा नियमिततर्फ छात्र दुई लाख १२ हजार ५०४ र छात्रा दुई लाख १३ हजार ७१० गरी कूल चार लाख २६ हजार २१४ जना तथा एक्जाम्टेडतर्फ छात्र ५९ हजार २५३ जना र छात्रा ८५ हजार ९३० जना गरी कूल एक लाख ४५ हजार १८३ जना परीक्षार्थी सहभागी भएका थिए ।