• १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
  •   Unicode
Logo
Latest
★   विज्ञान र प्रविधिको क्षेत्रमा पहुँच पुर्‍याउने शिक्षा अध्यापन गराउनुपर्छः पूर्वराष्ट्रपति भण्डारी ★   सुदूरपश्चिम सरकार छाड्न नाउपा अध्यक्ष रञ्जिताद्वारा लिखित निर्देशन ★   आयरल्यान्ड ‘ए’ सँग नेपाल ‘ए’ २१ रनले पराजित ★   संघीय निजामती ऐन र प्रहरी समायोजन ऐन कार्यान्वयनमा जाने ढोका खुलेको छ: प्रधानमन्त्री दाहाल ★   आयरल्यान्ड ‘ए’ विरुद्ध लोकेश बमको सानदार शतक ★   आयरल्यान्ड ‘ए’ विरुद्ध लोकेश बमको अर्धशतक ★   विश्वकै लामो फिल्म, जसलाई हेर्न ३ दिन बढी समय लाग्ने ★   धैरे पटक चुनाव हारेर रेकर्डः २३८ पटक चुनाव लडेर हारेका नेताजी फेरि चुनाव लड्दै ★   झापा पुगेर गृहमन्त्रीले भने- पीडकसँग प्रशासन-प्रहरीको हिमचिम अन्त्य हुनैपर्छ ★   देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन: प्रधानमन्त्री दाहाल

एसएलसीको नतिजा प्रकासन भएको आधा घण्टाभित्र थाहा हुने



परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले गत साल लिइएको प्रवेशिका परीक्षा (एसएलसी) को नतिजा एक साताभित्र प्रकासन गर्ने जनाएको छ ।

ओएनएससँग कुरा गर्दै परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले भने,  ‘परीक्षाको नतिजा प्रकासन गर्ने काम अन्तिम चरणमा पुगेको छ । अब बढिमा एक साता लाग्नेछ ।’  उनले इन्ट्री हुने काम भैरहेकोले जनाए । इन्ट्रीको काम सकिने लगत्तै नतिजा प्रशासन गरिने द्वारेले जानकारी दिए । द्वारेका अनुसार यसपटक पनि विद्यार्थीहरुले फोन, एसएमएस र इन्टरनेटबाट नतिजा थाहा पाउन सक्नेछन् ।

नतिजा प्रशासन भएको आधा घण्टा भित्र संचार माध्यमबाट थहा पाउने व्यवस्था मिलाइएको द्वारेको भनाइ छ ।  एसएमएस गर्दा एएलसी टाइप गरी १४०० सेन्ड गर्नु पर्नेछ । ( slc<space><symbolNumber> and send the sms to 1400) । यसै गरी ल्याण्डलाइन वा मोबाइलबाट १६०० मा डायल गरी पनि नतिजा थाहा पाउन सकिनेछ भने परिक्षा नियन्त्रण कार्यालय भक्तपुरले विभिन वेबसाइटसँग इन्टरनेटबाट नतिजा प्रकासन गर्न सम्झौता गरेको छ । www.slc.ntc.net.np,  edukhabar.com लगायताका वेबसाइटबाट नतिजा पाउन सकिनेछ ।

यता भूकम्पले क्षति पुगेका ठूला कलेजहरुले नतिजा सार्न दबाब दिएको भन्ने विषयको द्वारेले खण्डन गरेका छन् । द्वारेले भने , ‘एसएलसीको नतिजा समयमै थाहा पाउने विद्यार्थीको अधिकार हो । नतिजा सार्ने कुरै छैन । कसैले सार्ने दबाब दिएको पनि छैन । ‘

भत्किएका कलेजका भवन व्यवस्थापन भइनसकेका र  नतिजा अाउने  वित्तिकै विद्यार्थी पढ्न आउदा समस्या पर्ने र भड्कीन सक्ने भन्दै सञ्चालकहरुले प्रभाव राख्न सभासदलाइ समेत प्रयोग गरेको बताइएको थियो ।

ओएनएसको भूकम्पबाट क्षति भएका कलेजलाई विद्यार्थी भर्ना लिन समस्या पार्ला की ? भन्ने  प्रश्न गर्दा परीक्षा नियन्त्रक द्वारेले भने , ‘हाम्रो काम नतिजा समयै प्रकासन गर्ने हो । कलेजहरुले भर्ना लिने विषयमा हाम्रो कुनै सम्बन्ध छैन ।’

यस वर्षको परीक्षामा कूल पाँच लाख ७४ हजार ६८५ जना परीक्षार्थी सहभागी भएका छन् । जसमा नियमिततर्फ छात्र दुई लाख १२ हजार ५०४ र छात्रा दुई लाख १३ हजार ७१० गरी कूल चार लाख २६ हजार २१४ जना तथा एक्जाम्टेडतर्फ छात्र ५९ हजार २५३ जना र छात्रा ८५ हजार ९३० जना गरी कूल एक लाख ४५ हजार १८३ जना परीक्षार्थी सहभागी भएका थिए ।