• १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
  •   Unicode
Logo

रूकुमलाई केन्द्रबिन्दु बनाएर गयो भूकम्प



रूकुमलाई केन्द्रबिन्दु बनाएर ५.४ रेक्टर स्केलको भूकम्प गएको छ। साँझ ६ बजेर ८ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार रूकुमको राम्सी र कोलको उत्तरतिर केन्द्रबिन्दु भएर नयाँ भूकम्प गएको हो।

यसअघि आज बिहान २ बजेर ४० मिनेटमा गोरखा र धादिङलाई केन्द्रबिन्दु बनाएर  भूकम्प गएको थियो।