• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo

भारतको विहारमा थप ११ ब्रान्डका चाउचाउमा प्रतिबन्ध



साउन १७ –  भारतको विहारमा थप ११ ब्रान्डका चाउचाउमा प्रतिबन्ध लगाइएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार सेप्टेम्बर १ तारिखदेखि यी ब्रान्डका चाउचाउको खरिद बिक्रि,प्रचारप्रसार र भण्डारणमा प्रतिबन्ध लाग्ने छ ।

विहार सरकारले ५ कम्पनीका ११ ब्रान्ड चाउचाउमा प्रतिबन्ध लगाएको हो  ।  नोर मसला नुडल्स, फूडल्स मल्टी ग्रेन आटा मसला, चिंग्स मन्चूरियन तथा भेज हक्का नुडल्स र टप रेमन तथा यप्पि नुडल्स अब प्रतिबन्धित हुनेछ । विहार सरकारले यी चाउचाउमा टेस्टिन पाउडर भेटिएपछि प्रतिबन्ध लगाएको हो । यसअघि भारत सरकारले म्यागी चाउचाउमा प्रतिबन्ध लगाइएको थियो ।