• १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
  •   Unicode
Logo
Latest
★   उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन ★   शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण ★   मन्त्रिपरिषद्को बैठक: सचिव पदमा लम्सालको बढुवा,चैते धानको मूल्य निर्धारण  ★   नेपालको पर्यटकीय सम्भावनालाई विश्वमा प्रचार गर्नसके चार गुणा पर्यटक आउँछन्: सांसद राणा ★   इलाम २ मा रास्वपाका उम्मेदवार मिलन लिम्बू ★   एमडीएमएस खरिदमा अनियमितता गरेको अभियोगमा २० जनाबिरुद्ध मुद्दा दर्ता ★   कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवक मृत फेला ★   सवारी दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु हुने प्रहरीको तथ्यांक ★   सादा पोशाकमा जनशक्ति परिचालन नगर्न गृहको निर्देशन ★   चीनमा आँधीको चेतावनी

तोलाको ३० हजार भन्दा कम हुन सक्छ सुनको मूल्य – बिश्लेशक



एजेन्सी । १३ साउन।

पछिल्लो समयमा सुनको मूल्यमा निरन्तर गिरावट आइरहेको छ । सुनको मूल्य गत ४ वर्ष यताकै तल्लो विन्दुमा छ । अन्तराष्ट्रिय बजारमा पनि दशकमै सुनको मूल्य तल्लो विन्दुमा पुगेको छ ।

सुनको मूल्य ओरालो लाग्ने क्रम जारी छ ।

विश्व चर्चित इन्भेष्टमेन्ट बैंक मोर्गन स्ट्यान्लीले आफ्नो रिपोर्टमा अन्तराष्ट्रिय बजारमा सुनको मूल्य ८०० डलर प्रति औंस सम्म आउन सक्ने प्रक्षेपण गरेको छ ।

यसरी हेर्दा प्रति तोला सुनको मूल्य ३० हजार भन्दा कम हुने सम्भावना देखिन्छ । मोर्गन स्ट्यान्ली बैंकले आफ्नो रिपोर्टमा सुनको लागि अन्तराष्ट्रिय माहौल नै प्रतिकुल रहेको भन्दै सन् २००८ को स्तरमा जान सक्ने दावी गरेको छ ।

सन् २००८ मा सुनको मूल्य प्रति औंस ८०० डलर थियो । सन् २०१५ मा यो मूल्य औषतमा ११९० डलर रहने यो बैंकको प्रक्षेपण छ ।

गोल्डम्यान सेक्सका अनुसार अमेरिकाले ब्याजदर बढाउने तयारी गरेपछि डलर बलियो हुँदा सुनमा प्रतिकुल असर परेको हो । गोल्डम्यानले सुनको मूल्य १०० डलर प्रति औंस सम्म झर्ने अनुमान गरेको छ ।

अन्तराष्ट्रिय बजारमा सुनको मूल्य १३ वर्ष यताकै कम छ । चिनियाँ शेयर बजार र अमेरिकी सरकारको ब्याज बढाउने निर्णय अन्तराष्ट्रिय बजारमा सुनको मूल्य घट्ने मुख्य कारण मानिएको छ ।

अमेरिकी केन्द्रिय बैंक फेडेरल रिजर्भले डलरलाई बलियो बनाएर सापटी लिने क्षमता वृद्धी गर्न चाहेपछि सुनको मूल्यमा भने ब्यापक प्रभाव परेको छ ।

सुन खरिद गर्दा भुल्नै नहुने ५ कुरा

सुनको मूल्य निरन्तर घटेपछि मानिसहरु सुन किन्न लालायित देखिन्छन् । कुनै बेला ६० हजार तोला भन्दा नघट्ने सुन अहिले ४५ हजारको आसपास पुगेको छ । मानिसहरु सुन किन्न तछाड मछाड गरिरहेका छन् ।

यहाँ सुन खरिद गर्दा ध्यान दिनु पर्ने ५ कुराको चर्चा गरिएको छ । यी कुरामा ध्यान निदिँदा सुन कारोबारमा घाटा खानु पर्ने अवस्था आउन सक्छ ।

१ मेकिङ चार्ज
सुनको मुल्य जति भएपनि हामीले गहना किन्दा त्यति नै मूल्यमा पाउँदैनौं । किन भने त्यसमा मेकिङ चार्ज जोडिएको हुन्छ । फरक फरक गहनामा यो मेकिङ चार्ज फरक फरक हुन्छ । तपाइँले कुनै पनि गहना खरिद गर्दा मेकिङ चार्जको विषयमा सँधै ध्यान दिनुस् । किन भने मेकिङ चार्जले तपाइँको गहना सस्तो हुने कि महंगो हुने भन्ने कुरा निर्धारण गर्छ । ध्यान दिनु पर्ने कुरा के हो भने तपाइँले सुन बेच्नु परेमा यो मेकिङ चार्ज पाउनु हुन्न केवल सुनको मुल्य मात्र पाउनु हुन्छ । सके सम्म कम भन्दा कम मेकिङ चार्ज भएको गहना खरिद गर्नुस् यसबाट तपाइँलाई घाटा पर्दैन । मेकिङ चार्ज बढी हुने गहनामा सुद्धताको समेत समस्या हुने गरेको छ ।

२ मेकिङ चार्ज ट्याग
बजारको अस्वस्थताका कारण पछिल्लो समयमा कतिपय ज्वेजर्सहरुले मेकिङ चार्जको ट्याग पनि लगाउँछन् । तर सुनको मूल्य तथा मेकिङ चार्जमा घटबढ भइरहन्छ । तसर्थ मेकिङ चार्जको ट्याग भएका गहना बेच्नेहरुले बेच्ने समयको ट्याग लगाइदिने हुँदा अर्डर गर्दा नै मेकिङ चार्जबारे प्रष्ट हुनु राम्रो हुन्छ । यो कुरामा ध्यान नदिने हो भने खरिद गर्ने समयमा अर्डर गरेको भन्दा महंगो पर्ने सम्भावना समेत हुन्छ ।

३ वेष्टेज चार्ज
सुनको मूल्य कम भएको समयमा पुराना गहना बेचेर नयाँ बनाउँ भन्ने सोंच्नु भएको छ भने तपाइँले विचार पुर्‍याउनु पर्छ । किन भने गहना बेच्नेहरुले गहना फिर्ता गर्दा वेष्टेज चार्ज लिन्छन् । सुनका गहनालाई बनाउँदा र प्रयोग गर्दा सुनमा क्षति भएको भन्दै ज्वेजर्सहरुले बेचेको मूल्यमा वेष्टेज चार्ज कटौती गर्छन् । यसो गर्दा कैयौं ग्राहकहरु त ठगिने समेत हुन्छ । गहना फिर्ता गर्नु अघि वेष्टेज चार्ज कति हो भनेर प्रष्ट भएपछि मात्र फिर्ता गर्नुस् अन्यता ठगिने खतरा हुन्छ । अझ कतिपय ज्वेलर्सले त ग्राहकहरुलाई तौलमै ठगी गर्ने गरेको समेत फेला पर्ने गरेको छ ।

४ सुनको सुद्धता
सुनका गहना खरिद गर्दा सबैभन्दा विचार पुर्‍याउनु पर्ने कुरा यसमा हुने सुद्धताको कुरा हो । सुन जति सुद्ध भयो त्यति नै फिर्ता गर्दा पनि उत्तिनै रकममा फिर्ता गर्न सकिन्छ । हरेक विक्रेताले आफ्नो सुन सुद्ध भएको दावी त गर्छन् तर यो दावी सत्य नहुने सम्भावना बढी हुनंछ । सुनमा बीआईएस 916 हलमार्कलाई अन्तराष्ट्रिय सुद्धताको मानक मानिन्छ । यस्तो मार्क भएको सुन ९१ दशमलव ६ प्रतिशत खरो अर्थात २२ क्यारेट सुद्ध भन्ने हुन्छ । नेपालमा अन्य धातु मिसावट भएको भएपनि सुद्ध सुनका गहना भनेर विक्री गर्ने गरेको भेटिएको छ ।

५ हलमार्क चार्ज
तपाइँले गहना खरिद गर्दा गहनाको मूल्य भन्दा अतिरिक्त पैसा समेत तिर्नु पर्छ । यसमा यसको सुद्धता जाँचको लागत समेत समावेस गरिएको हुन्छ । तर फरक फरक ज्वेलर्सले हलमार्को चार्ज भन्दै फरक फरक पैसा लिन्छन् । त्यसैले यो चार्ज तिर्नु पर्दा सँधै चनाखो हुनुस् । सबैतिर बुझेर मात्र हलमार्कको चार्ज तिर्नुस् ।