• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo
Latest
★   रास्वपाको उदय र काँग्रेसको शक्ति बिस्तार नयाँ र विवेचनायोग्य घटनाका रुपमा देखापरेः ओली ★   सहकारी घोटाला छानविनमा सरकार आफैँ गम्भिर छैनः डा. आरजु देउवा ★   नीति र नेतृत्वमा एमालेभित्र विवाद छैनः अध्यक्ष ओली ★   टेस्लाका मालिक मस्कले किन गरे भारत भ्रमण स्थगित ? ★   एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक शुरु ★   महिला टोलीका ६ जनाले मलेसिया सुपर वुमन्स कप खेल्ने ★   संसद् जनताप्रति उत्तरदायी हुनुपर्छः नारायणदत्त भट्ट ★   चेन्नई र लखनउका दुबै कप्तानलाई १२–१२ लाख जरिवाना ★   धोनी आईपीएलमा ५ हजार रन बनाउने पहिलो विकेटकिपर ★   सकिँदै सडकपेटी, हराउँदै पैदलमार्ग (फोटोफिचर)

बन्यो फेवा विकास बैंक



पोखरा । पोखराका दुई वित्तिय संस्था मर्ज भएका छन् । फेवा फाइनान्स र विश्व विकास बैंक आपसमा मर्ज भइ गत सोमबारबाट फेवा विकास बैंकको नामबाट एकीकृत कारोबार सुुरु गरेका हुन् । नयाँ बैंकको प्रमुख कार्यकारी अधिकृतमा फेवा फाइनान्सका रेशमबहादुर थापा रहेका छन् भने सञ्चालक समितिको अध्यक्ष विश्व विकासका जगनबहादुर गुरुङ भएका छन् । मर्जरको प्रक्रिया थालेको छोटो अवधिमा डिडिए सम्पन्न गरी स्वाप रेसियो समेत मिलाउन दुवै संस्था सफल भएका छन् । विषय विज्ञपछि नियक्त गर्ने गरी अहिलको लागि संञ्चालक समितिमा दुवै संस्थाबाट चार÷चार जना राख्ने निर्णय गरिएको अध्यक्ष जगनबहादुर गुरुङले बताए । नयाँ कम्पनीको चुत्ता पुँजी ८१ करोड ६२ लाख रुपैयाँ पुगेको छ । मर्ज पछि अब ठूलो लगानीका लागि समेत आफूहरु तयार रहेको रेशमबहादुर थापाले जानकारी दिए । देशब्यापी सञ्जालको लागि काठमाडौंमा कर्पोरेट अफिस राख्ने भावि योजना सुनाउँदै प्रमुख कार्यकारी अधिकृत थापाले वित्तिय अवस्था राम्रो रहेका दुई संस्था मर्ज भएपछि अहिलेको शाख कायम राख्न सक्नु मुख्य चुनौति रहेको बताए । मर्जपछि तीन वटाको सट्टामा अन्य स्थानमा शाखा विस्तार गर्ने योजना रहेको थापाले बताए । पोखराको बगर शाखालाई लेखनाथमा स्थापना गर्ने र आगामी वर्षमा बुटवल पश्चिमका जिल्लामा सेवा विस्तार गर्ने बैंकको योजना छ ।