• ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
  •   Unicode
Logo
Latest
★   एक खेल अगावै नेपाल समूह विजेता, सेमिफाइनलमा युएईसँग खेल्ने सम्भावना ★   जरिवाना तिर्न ट्राफिक कार्यालय जानुपर्ने बाध्यता हट्दै ★   राजनीतिक स्थितिको प्रभाव कानुन निर्माणमा छ: अध्यक्ष दाहाल ★   काश्मिरमा डुङ्गा डुब्दा छ को मृत्यु, अझै धेरै बेपत्ता ★   १५ महिना भित्र तीन पटक विश्वासको मत लिनु बिडम्वना: प्रधानमन्त्री ★   बरिष्ठ गजलकार प्रकट पंगेनी ‘शिव’ को निधन ★   आईपीएलको बीचमा ब्रेक लिँदै म्याक्सवेलले भने: मानसिक रूपमा तयार भएर फर्किन्छु ★   धार्मिक पर्यटन प्रवर्द्धनमा निजी क्षेत्रले सहकार्य गर्छ: अध्यक्ष ढकाल ★   गणेशको राष्ट्रिय कीर्तिमान ★   सरकारी प्रकरण- गृहमन्त्री लामिछानेलाई प्रतिवादी नबनाइनु कानुनी राज्यको उपहास: रमेश खरेल

‘गोर्खाली न्यूज.कम’ को आरम्भ किन ?



नेपालमा छापा सञ्चार माध्यम रङ्गिन कलेवरमा सजिंदैछ । राजधानी केन्द्रित रेडियो र टेलिभिजनहरुको जिल्ला–जिल्लामा पहुँच पुगेको छ । गाउँ–गाउँमा खुलेका सामुदायिक रेडियो जनताको साथी बनेका छन् । अनलाइन मिडियाले विश्वलाई ‘सञ्चारग्राम’ का रुपमा विश्वकै समाचारलाई सकेण्ड भरमै प्रवाह गरिरहेको छ । पछिल्लो समय मिडिया प्रयोगकर्ताको पहिलो सूचनाको श्रोत अनलाइन हुँदैछ । नेपाली पत्रकारिता क्षेत्रमा गोर्खाली न्यूज डट कम पनि थपिएको छ ।

नेपाली मिडियामा शुरु भएको अभ्यासमा हामीले केही नयाँपन, नयाँ सोच र अवधारणाका साथ काम शुरु गरेका छौं । कुनै पनि विषय वा घटनालाई एउटा म्यागेजिन पत्रिकाले झैं अनलाइन प्रयोगकर्ताहरुलाई सो विषयका सम्पूर्ण जानकारी दिन हामीले ‘गोर्खाली न्यूज विशेष’ स्तम्भ शुरु गरेका छौं । स्तम्भमा समाचार, फिचर, लेखरचना, संवाद, वहस, जनमत, दस्तावेजका माध्यमबाट विस्तृत जानकारी दिनेछौं । यो स्तम्भ नै हाम्रो अनलाइनको मुटु हो । यो अनलाइनको कभर स्टोरी पनि हो । शुरुमा हामी यो स्तम्भलाई साप्ताहिक रुप दिनेछौं । आवश्यकता अनुसार अद्र्धसाप्ताहिकहुँदै दैनिक रुपमा स्तम्भलाई अपडेट गर्ने हाम्रो प्रयत्न हुनेछ । यो स्तम्भ समसामयिक सार्वजनिक महत्वको विषयमा केन्द्रित हुनेछ । अनलाइनको अर्को महत्वपूर्ण स्तम्भ ‘हाम्रो पालामा’ हो । जसमा हामीले अग्रज पुस्ता (७० बर्षभन्दामाथिका जेष्ठ नागरिक) का अनुभव÷अनुभूतिहरु समेट्नेछौं । समाजका विभिन्न क्षेत्रमा क्रियाशील ‘पाका ब्यक्ति’ का जीवनका सफलता÷असफलताका साथै विभिन्न विधाहरुका विषयलाई स्तम्भमा समेटिनेछन् । पत्रकारिता, कला, समाज, धर्म–संस्कृति, भाषा, विज्ञान प्रविधि, कानून लगायतका विषयहरुमा केन्द्रित हुनेछन् । अघिल्ला पुस्ताका धारणाहरु नयाँ पुस्ताका लागि प्रेरणादायी हुने हामीले ठानेका छौं । महिलालाई समेटन हामीले ‘आधा आकाश’ स्तम्भ शुरु गरेका छौं । ‘युवा अभियान’ युवा पुस्ताको लागि हो । एकातिर नयाँ संविधानबाट देश संघीय संरचनामा जाँदैछ भने महाभूकम्पका कारण पनि देशले पुनर्निर्माण खोजिरहेको छ । पुनर्निर्माणका मुद्दालाई सम्बोधन गर्न हामीले ‘पुननिर्माण’ स्तम्भ नै शुरु गरेका छौं ।

अनलाइनमा हामीले मनोरञ्जन, साहित्य, विचार÷ब्लग, संवाद, देश, विदेश, अर्थखबर, पर्यटन, कृषि÷वन÷वातावरण, मिडियाका खबर, फिचर, शिक्षा÷स्वास्थ्य, खेल, अनौठो संसार, विज्ञान प्रविधि र अन्तिममा मोडलिङलाई राखेका छौं । अंग्रेजी भाषाका पारखीहरुका लागि छुट्टै ‘इङ्गिलिस’ स्तम्भ छ । जसमा पनि समाचार, राष्ट्रिय, अन्तर्राष्ट्रिय, फिचर, लेख, रिपोर्ट र साहित्य स्तम्भ राखिएको छ ।

वामे सर्दै गरेको नेपाली अनलाइन पत्रकारितामा हामी पनि एउटा इँटा थप्दैछौं । पत्रकारिता क्षेत्रका स्थापित मूल्य मान्यता, पत्रकारिताको नैतिक बन्धन, देशको प्रचलित संविधान, ऐन, कानूनलाई आत्मसात गर्दै अघि बढ्ने हामी प्रण गर्छौं । आफ्नो प्रतिबद्धतामा हामी कहिल्यै विचलित हुनेछैनौं । हरपल हरघडि जनतालाई सु–सूचित गर्ने दायित्वबाट पनि पछि हट्ने छैनौं । हतारमा कुनै पनि निर्णय गरेर फुर्सदमा पछुताउने काम हामी सकभर गर्नेछैनौं । भुलवश गल्ती हुन गएमा हामी गल्ती सच्चाउने तत्परता देखाउन पनि कुनै कसर राख्ने छैनौं । अन्त्यमा हामीले शुरु गरेको पत्रकारिताको यात्रामा तपाईं लेखक, टिप्पणीकार, विज्ञ, अनलाइनका पाठक, विज्ञापन दाता, सञ्चारकर्मी लगायतसम्बद्ध सबैको सहयोगको अपेक्षा गरेका छौं ।

— सम्पादक