• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo

सद्भाव भड्कन नदिऊ:सांसद



काठमाडौं, साउन २९÷व्यस्थापिका–संसदको बैठकमा सांसदहरुले प्रदेशका नाममा भइरहेको आन्दोलन र आन्दोलनका क्रममा भइरहेका सदभाव भड्काउने उत्तेजनापूर्ण अभिव्यक्तिप्रति सरकार र राजनैतिक नेतृत्वको गंभिर ध्यानाकर्षण गराएका छन् ।

शुक्रवारको बैठकको शुरुमै विशेष समय लिएर नेपाली कंग्रेसका सांसद तप्तबहादुर विष्टले प्रदेशको सिमाङ्कनका सम्बन्धमा मध्यपश्चिममा भइरहेको आन्दोलनलाई ध्यान दिन राजनैतिक नेतृत्वले ध्यान दिनु पर्ने भन्दै आन्दोलनका क्रममा घाइतेहरुको उचित उपचार र मृतकको परिवारलाई क्षेतीपूर्ति उपलव्ध गराउन सरकारसँग माग गरे ।
नेकपा एमालेका सांसद भीमबहादुर रावलले प्रदेशको सिमाङ्कनको विषयलाई लिएर कतिपय नेताहरु सुनियोजित रुपमा जातिय र सामुदायिक सदभाव भड्काउन र सोझासाझा जनतालाई उत्तेजित बनाउन लागेका छन भन्दै त्यस्ताप्रति सबै सचेत हुनुपर्ने बताए ।

एकीकृत नेकपा माओवादीका सांसद गणेशमान पुनले आफ्ना अधिकार र पहिचानका लागि जनता आन्दोलनमा आएका छन भन्दै, प्रदेशका नाममा कर्णालीका जनताले उठाएको माग, तथा दलित प्रतिनिधित्वको सुनिश्चित गर्न भएको माग सम्बोधन गर्नेतर्फ राजनैतिक नेतृत्व सचेत हुनुपर्नेमा जोड दिए । सांसद लिलादेवी श्रेष्ठले अधिकारको माग गर्नेलाई दमन गर्ने सरकारको नीति गलत भएको बताइन । सांसद वृजेशकुमार गुप्ताले सदभाव भड्काउने काम स्थानीय जनताले गरेको नभई सरकार र सत्तारुढ दललले गरेको आरोप लगाए । सांसद योगेन्द्र चौधरी र सांसद रिता शाहीलेले प्रदेशको सिंमाकनमा देखिएको जनताको असन्तुष्टिलाई नेतृत्वले समयमै बुझ्नुपर्ने बताए ।