• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo

पुनःनिर्माण प्राधिकरणमा पोखरेल



काठमाडौं साउन २९÷सरकारले पुनःनिर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा डा.गोविन्द पोखरेललाई नियुक्त गरेको छ ।
विहीबारको मन्त्रिपरिषद् बैठकले नियुक्त गरेका सिइओ पोखरेल राष्ट्रिय योजना आयोगका उपाध्यक्ष हुन । मन्त्रिपरिषद्ले प्राधिकरणमा काँग्रेस र एमालेका दुई–दुई जना गरी ४ जना मन्त्रीलाई सदस्य रहने व्यवस्था गरेको छ । एमालेबाट उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम र संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री कृपाशुर शेर्पा, काँग्रेसबाट अर्थमन्त्री डा रामशरण महत, शहरी विकास मन्त्री डा नारायण खड्कालाई नियुक्त गरेको छ । त्यसैगरी मन्त्रीपरिषदले प्राधिकरणको विज्ञ सदस्यमा तारानिधि भट्टराईलाई नियुक्त गरेको छ ।