• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo

‘गोसाइँकुण्ड पदमार्ग सुरक्षित छ’



रसुवा, साउन ३०, रसुवाको प्रमुख पर्यटकीय केन्द्र गोसाँईकुण्ड जाने पदमार्ग सुरक्षित रहेको जिल्ला प्रसाशन कार्यालय रसुवाले जनाएको छ ।
गत बैशाख १२ गते गएको महाभूकम्प र त्यसपछिका पराकम्पनपछि गोसाँईकुण्ड जाने पदमार्ग सुरक्षित रहेको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए । केहि दिनअघि प्रमुख जिल्ला अधिकारी गेलालसहित सहित जिल्लाका सुरक्षा निकायले पदमार्ग अनुगमन गरेका थिए । नजिकिंदै गरेको गोसाँइकुण्ड मेलामा जाने तिर्थालु भक्तजनलाई आवश्यक पर्ने खानेपानी, खाना, वास, स्वास्थ्य उपचार, यातायात, सुरक्षा जस्ता पूर्वाधारको अवस्थाबारे अनुगमन गरिएको हो । गोसाइँकुण्ड क्षेत्र विकास समितिका अनुसार बर्षेनी दशदेखि १५ हजार तीर्थयात्री रसुवा पुग्ने गरेका छन् । गत जेठमा लाग्ने गंगा दशहरा मेलामा भने भूकम्पका कारण तीर्थयात्री नजाँदा गोसाइँकुण्ड पदमार्ग शून्य रहेको थियो ।