• १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
  •   Unicode
Logo
Latest
★   उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन ★   शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण ★   मन्त्रिपरिषद्को बैठक: सचिव पदमा लम्सालको बढुवा,चैते धानको मूल्य निर्धारण  ★   नेपालको पर्यटकीय सम्भावनालाई विश्वमा प्रचार गर्नसके चार गुणा पर्यटक आउँछन्: सांसद राणा ★   इलाम २ मा रास्वपाका उम्मेदवार मिलन लिम्बू ★   एमडीएमएस खरिदमा अनियमितता गरेको अभियोगमा २० जनाबिरुद्ध मुद्दा दर्ता ★   कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवक मृत फेला ★   सवारी दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु हुने प्रहरीको तथ्यांक ★   सादा पोशाकमा जनशक्ति परिचालन नगर्न गृहको निर्देशन ★   चीनमा आँधीको चेतावनी

दोस्रो विश्वयुद्धको ७० औं वर्षगाँठ मनाउँदै जापान र कोरिया



काडमाडौं, साउन ३०÷ जापान र कोरियाले दोस्रो विश्वयुद्धको ७०औं वर्षगाँठ मनाएको छ । दोस्रो विश्वयुद्धमा पराजित भएसँगै जापानले कोरियामाथि ३५ वर्षदेखिको आफ्नो नियन्त्रण गुमाएको थियो भने कोरियाली जनताले स्वतन्त्रता पाएका थिए ।

युद्धको सम्झना गर्ने क्रममा जापानी प्रधानमन्त्रीले दोस्रो विश्वयुद्धमा आफ्नो देशको भूमिकाप्रति दुःख व्यक्त गरेका छन् भने कोरियाली जनताले स्वतन्त्रता पाएकामा खुशी मनाएका छन् । आफ्नो देशको भूमिकाप्रति अफशोच जनाउँदै प्रधानमन्त्री शिन्जो आबेले जापानका भावी पिँढीले माफी माग्नुपर्ने कुनै काम नगर्ने उल्लेख गरे । आबेले जापानले अब कहिल्यै युद्धमा विश्वास नगर्ने प्रतिवद्धता पनि जनाए । दोस्रो विश्वयुद्धमा चीन, कोरियासहितका एशियाली मुलुकमा जापानीका तर्फबाट अत्याचार भएको आरोप लाग्दै आएको छ । उता दक्षिण कोरियामा पनि विश्वयुद्धमा पाएको पीडाका साथै मुलुकले पाएको स्वतन्त्रताको सम्झनामा कार्यक्रम गरिँदै छ । सन् १९३९ को सेप्टेम्बर १ बाट शुरु भई १९४५ को सेप्टेम्बर २ मा अन्त्य भएको ६ वर्ष १ दिनको विश्वयुद्धको क्रममा ७३ करोडभन्दा बढी मानिस मारिएका थिए ।

युद्धमा एक्सिस समूहमा जापान, जर्मनी, इटालीलगायत तथा एलाइड समूहमा सोभियत रुस, चीन, बेलायत, अमेरिकालगायत मुलुक संलग्न थिए । युद्धमा एलाइड समूहले एस्किस समूहलाई हराएको थियो ।