• १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
  •   Unicode
Logo

‘ओखरपौवावासीले आन्दोलन गर्ने’



काठमाडौं, साउन ३१ ÷ काँग्रेंस सांसद जगदीशनरसिंह केसीले ओखरपौवावासीसँगको सरकारसँग भएको ८ बुँदे सहमति कार्यान्वयन नगरे ओखरपौवावासीसँगै आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

संसदको आइतवारको बैठकमा बोल्दै सांसद केसीले सम्झौताको १० बर्ष पूरा हुँदा पनि ओखरपौवाका ल्याडफिल्ड साइटका विषयमा सरकारसँग भएको ८ बुँदे सहमति अक्षरशः कार्यान्वयन नभएकाले जनतासँगै आन्दोलनमा उत्रिनु बाध्य हुने चेतावनी दिए । सम्झौता आजसम्म सरकारले पूरा नगरेको भन्दै उनले आक्रोस पनि ब्यक्त गरेका थिए । सरकारले ३ बर्षका लागि फोहोर फाल्ने सहमति गरेर १० बर्षसम्म पनि फोहोर फालेर जनता मारमा परेको उनले जिकिर गरे ।

‘फोहोरका कारण ओखरपौवा क्षेत्रमा प्रदुषणले बस्न सक्ने अवस्था छैन् । फोहोर पानीले बाली र जीवजन्तुमा परेको छ’ , उनले भने, ‘ल्यान्डफिल्ड साइडबाट निस्कने दुषित पानिका कारण त्यस आसपासका क्षेत्र सँगै तलतिरका भागमा असर पारिरहेको छ ।’
ल्याण्डफिल्ड साइट ब्यवस्थित नभएर प्रदुषणका कारण स्थानीयवासी विभिन्न रोगको संक्रमणको शिकार हुने गरेका छन् ।