• ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
  •   Unicode
Logo
Latest
★   सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा एसका सोडारीले गरे दाबी पेश ★   पीडित श्रेष्ठ परिवारसँग भेटेपछि गृहमन्त्रीले भनेः व्यक्ति नभई मुलुक, व्यवस्था र जनता जोगाउन काम गर्दैछु ★   सांसद डा शर्माद्वारा बाल अस्पताललाई रु २० लाख सहयोग ★   नवनियुक्त महालेखापरीक्षक रायाद्वारा सपथ ग्रहण ★   रासस र कतार न्यूज एजेन्सीबीच समाचार आदानप्रदानबारे छलफल ★   काठमाडौँ महानगरको सम्पदा यात्राः विपत्तिबाट पाठ सिक्नुपर्नेमा जोड ★   नेप्से परिसूचकको ओरालो यात्रा जारी ★   नबिराएर नडराएर काम गर्न कर्मचारीलाई मन्त्री शर्माको आग्रह ★   पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन ★   दुबईमा वर्षाले विजोग, अस्तव्यस्त बनायो दैनिकी

दलित समुदायको तीन लाख हस्ताक्षर



काठमाडौँ, ४ भदौ । संविधानको प्रारम्भिक मस्यौदामा आफ्नो अधिकार कटौती गरिएको भन्दै पहिलो र दोस्रो चरणको आन्दोलनपछि दलित समुदायले तेस्रो चरणको आन्दोलनअन्तर्गत आज राजधानी र अन्य जिल्लाबाट तीन लाख हस्ताक्षर सङ्कलन गरेको छ । 

विभिन्न राजनीतिक दलनिकट भ्रातृ सङ्घसङ्गठन र दलित नागरिक समाज सम्मिलित संयुक्त दलित आन्दोलन, नेपालले रत्नपार्क र नयाँ बानेश्वरमा आयोजना गरेको कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, नागरिक समाजका अगुवा तथा सर्वसाधारणले समेत हस्ताक्षर गरेका छन् ।

दलित आन्दोलनका अगुवा तथा पूर्वसभासद् विनोद पहाडीलेसो हस्ताक्षर सभाध्यक्ष सुवासलाई बुझाइने जानकारी दिनुभयो ।

तेह्र प्रतिशत जनसङ्ख्या रहेको दलित समुदायले सङ्घ, प्रदेश र स्थानीय तहका व्यवस्थापिकामा दलित समुदायको समानुपातिक प्रतिनिधित्वलाई सुनिश्चित गरी क्षतिपूर्तिस्वरुप सङ्घमा तीन, प्रदेशमा पाँच र स्थानीय निकायमा १० प्रतिशत थप प्रतिनिधित्वको संवैधानिक व्यवस्था गर्नुपर्ने, दलित दलितबीच प्रतिस्पर्धा गर्ने छुट्टै निर्वाचन क्षेत्र सुरक्षित गरिनुपर्नेलगायत नौबुँदे माग राख्दै आएको छ । रासस