• १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
  •   Unicode
Logo
Latest
★   प्रचण्डविरुद्ध खनिए बाबुराम : अनर्गल झुट र जालझेलका प्रपन्च रचेर चरम अशोभनीय हर्कत गर्दैछन् ! ★   १६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री ★   समृद्धिको आकाङ्क्षा पूरा गर्न लगानी सम्मेलन ऐतिहासिक कोशेढुङ्गा सावित हुनेछ: उद्योगमन्त्री भण्डारी (अन्तरवार्ता) ★   आर्थिक वृद्धिको गति बढाउने गरी योजना बनाउन आवश्यक: मन्त्री अर्याल ★   डढेलोले खोटाङमा तेह्र घर खरानी ★   ट्रयाक्टरले किचेर एकको मृत्यु ★   चित्रकलामा भविष्य खोजिरहेकी निर्मला ★   वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपाली टोलीको घोषणा ★   बसको ठक्करबाट तीर्थयात्रीको मृत्यु ★   यसरी स्मरण गर्नुभयो पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले स्व. मनमोहन अधिकारीलाई

बर्दियामा बाढीको खतरा, घर भत्किएर एकको मृत्यु



बर्दिया, ४ भदौ । बबई नदीमा पानीको सतह बढेपछि बाढी आउन सक्ने भन्दै सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ । 

बबईको पानीको सतह मापन केन्द्र चेपाङमा राति ३ बजेदेखि पानीको सतह बढेर ५.७० मि पुगेकाले नदी आसपासका सबै जनतालाई सतर्कता अपनाउन माइकिङ र स्थानीय रेडियोमार्फत अनुरोध गरिएको हो ।

बबईको पानी मापनकेन्द्र चेपाङमा पानीको सतह ५.५० सतर्कताको स्तर र ६.१० मि खतराको स्तर हो ।
आज अपराह्नसम्म चेपाङमा पानीको सतह घट्दै गएको छ । पानीको सतह घट्दै गए पनि बिहानको पानीको प्रभाव दिउँसोसम्म पर्ने भएकाले सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको छ ।

गए राति परेको अविरल वर्षात्का कारण घर भत्किएर बासगढी नगरपालिका वडा नं ११ माछागढका ६० वर्षीय दुर्जन थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रशासनको अनुरोध र पानीको सतह बढ्दै गएपछि बिहानै नदी आसपासका स्थानीयवासी सुरक्षित ठाउँमा सर्न थालेका छन् । बबई आपसपासका बगनाह, बनियाभार, पदनाह, धधबार र गुलरियाका जनतालाई बिहानैदेखि सतर्कता अपनाउन अनुरोध गरिएको र बाढीको सम्भावित क्षेत्रमा उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको प्रजिअ एवम् दैवीप्रकोप उद्धार समितिका संयोजक विनोदबहादुर कुँवरले बताउनुभयो । रासस