• १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
  •   Unicode
Logo
Latest
★   शुक्रबार सन्तोषी माता, वैभवलक्ष्मी र शुक्र भगवानको पूजा–आराधना गर्नुहोस् ★   सत्ताका गाँठागुठीमा साना दलको च्याँखे दाउ ★   राजस्थानको लगातार दोस्रोे जित, दिल्लीलाई १२ रनले हरायो ★   उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन ★   शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण ★   मन्त्रिपरिषद्को बैठक: सचिव पदमा लम्सालको बढुवा,चैते धानको मूल्य निर्धारण  ★   नेपालको पर्यटकीय सम्भावनालाई विश्वमा प्रचार गर्नसके चार गुणा पर्यटक आउँछन्: सांसद राणा ★   इलाम २ मा रास्वपाका उम्मेदवार मिलन लिम्बू ★   एमडीएमएस खरिदमा अनियमितता गरेको अभियोगमा २० जनाबिरुद्ध मुद्दा दर्ता ★   कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवक मृत फेला

प्रधानमन्त्री विक्रमासिंघेलाई सिङ्गापुरको बधाई



सिङ्गापुर, भदौ ४ । सिङ्गापुरका प्रधानमन्त्री लि सिङ लुङले एक सन्देश पठाई श्रीलङ्काका युनाइटेड नेसनल फ्रन्ट (यूएनएफ) का नेता रनिल विक्रमासिंघे श्रीलङ्काका नयाँ प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकोमा बधाई ज्ञापन गर्नुभएको च्यानल न्युज एसियाले शुक्रबार बताएको छ ।

सिङ्गापुरका प्रधानमन्त्री लिले श्रीलङ्काली विक्रमासिंघेलाई आफ्नो सन्देशमा श्रीलङ्काली प्रधानमन्त्री सिंघेको नयाँ कार्यकाल समृद्ध श्रीलङ्का बनाउन सफल हुने विश्वास व्यक्त गर्नुभएको उक्त च्यानलले जनाएको छ ।

श्रीलङ्काली जनताले विक्रमासिंघेलाई प्रधानमन्त्रीका रूपमा निर्वाचित गर्नुले श्रीलङ्काका जनता शान्ति, प्रजातन्त्र र समृद्ध श्रीलङ्काको पक्षमा उभिएको पुष्टि भएको प्रधानमन्त्री लिले बताउनुभयो ।

त्यस्तै, सिङ्गापुरका पूर्व मन्त्री घो चोक तोङले पनि एक पत्र लेख्दै श्रीलङ्काली जनताको नयाँ सङ्कल्प राष्ट्रको पुनःनिर्माण तथा मेलमिलाप प्रयासका लागि कोशेढुङ्गा साबित हुने बताउनुभएको छ ।

श्रीलङ्काको यूएनएफका नेता रनिल विक्रमासिंघे श्रीलङ्काको नयाँ प्रधानमन्त्रीका रूपमा शुक्रबार राष्ट्रका नाममा सपथ लिनुभएको हो । यससँगै उहाँ श्रीलङ्काका प्रधानमन्त्रीको रूपमा चौँथो पटक निर्वाचित हुनुभएको हो । रासस/सिन्ह्वा