• १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
  •   Unicode
Logo
Latest
★   सुवास नेम्वाङले देखाएको बाटोलाई समाएर इलामेली जनता अघि बढ्नुपर्छ – सुहाङ ★   यस्तो छ इरफान पठानले टी–२० विश्वकपका लागि छानेको भारतको १५ सदस्यीय टोली ★   एक सय वर्षदेखिको इतिहास धार्मिक पर्यटनसँग जोडिँदै ★   कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ ★   जापानको मानवरहित चन्द्रमा ल्यान्डर तेस्रो चन्द्र रातसम्म जीवित ★   चेन्नईका फ्यानहरूको बीचमा लखनउका एक मात्र फ्यानले मजा लुटे ★   त्रिपालको ओतमुनि तातोपानी कुण्ड: बिरामीलाई सास्ती ★   रङ्गशाला निर्माण सम्झौता भङ्ग गर्ने राखेपको निर्णयप्रति जनकपुरधाम उपमहानगरको विरोध ★   कति उपलब्धिमुलक रह्यो कतारका अमिरको नेपाल भ्रमण ? ★   वेस्ट इन्डिजका खेलाडी स्वागतमा क्यान व्यवस्थापनमा उठ्यो प्रश्न, सामाजिक सञ्जालमा आलोचनाको ओइरो

गजल



जनप्रिय खनाल

पहिलो भेटमै आँखा जुध्दा, म त पानी–पानी भए
हृदयमा के छाप पार्यौ, सपनीमा त रानी भए

लडीबुडी खेल खेल्यौं, तल माथि त कति कति
थिच्ने, दाब्ने, घोट्ने अनि कति तानातानी भए

भोक प्यासले तड्पिएको धेरै दिन भाको थियो
मुर्गा भेटें कुम्भकर्ण झैं म त झन दानी भए

अधरपानको नशामा, तिम्ले नाइँ–नाइँ भन्यौ बरु
अंगप्रत्यंगहरु चुम्नलाई पनि म नै सधैं ज्ञानी भए

असिन पसिन भयौं तिमी मेरो तिर्खा अधुरै थ्यो
निकै भोगे–भोगे तिम्लाई, सन्तुष्टिकी खानी भए