• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo
Latest
★   हिमाल हेर्न नेपाल आएका पिटर शैक्षिक उन्नयनमा सक्रिय ★   राजतन्त्रलाई फर्काउन खोज्ने प्रयास सफल हुने कुनै सम्भावना छैनः ओली ★   गगन थापाको दाबीः अहिलेको गठबन्धन माघ कट्दैन ★   आईपीएलमा आजः दिल्ली र हैदराबाद भिड्दै ★   मुलुकको राष्ट्रिय राजनीति २९ महिना निक्कै कष्टकर – अध्यक्ष ओली ★   संवादका माध्यमबाट मुलुकमा देखिएका समस्या समाधान गर्नुपर्छः अध्यक्ष ओली ★   सुनकोसी मरिण डाइभर्सनः सुरुङ खन्न एक सय १० मिटर बाँकी ★   रास्वपाको उदय र काँग्रेसको शक्ति बिस्तार नयाँ र विवेचनायोग्य घटनाका रुपमा देखापरेः ओली ★   सहकारी घोटाला छानविनमा सरकार आफैँ गम्भिर छैनः डा. आरजु देउवा ★   नीति र नेतृत्वमा एमालेभित्र विवाद छैनः अध्यक्ष ओली

जुम्लामा विजय जुलुस, प्रदेशको नाम कर्णाली राख्न माग



जुम्ला,  भदौ  ५ । सरकारले कर्णालीबासीको आन्दोलनलाई सम्बोधन गरी गत साउन २३ गते राति गरेको सहमति खारेजी गरेकोप्रति खुसी व्यक्त गर्दै विजय ¥यालीका साथ सरकारलाई जुम्लाबासीले धन्यवाद ज्ञापन गरेका छन् ।

कर्णालीलाई सुदूरपश्चिमबाट खण्डित गर्न र विशेष अधिकारसहितको कर्णाली स्वायत्त प्रदेश घोषणाको माग राख्दै सिंगो कर्णालीबासी १२ दिनसम्म आन्दोलनरत थिए ।

आन्दोलनको १३औँ दिनमा सरकारले कर्णालीका पाँच जिल्ला भेरीका तीन र राप्तीका दुईवटा जिल्लालाई छैटौँ प्रदेशका रुपमा कायम गरेको अवसरमा विजय जुलुस निकालिएको थियो ।

जुलुसमा सर्वदलीय सर्वपक्षीय संयुक्त आन्दोलन परिचालन कमिटी जुम्लाको महिलातर्फबाट महिला अधिकारवादी भगवती श्रेष्ठले नेपालको इतिहासमा कर्णालीका महिलाले यतिबेला अदम्य साहस देखाएको परिणाम चाख्न पाएको र त्यसमा सरकारले कर्णालीवासीप्रति सम्मान गरेको भन्दै धन्यवाद व्यक्त गरिन् ।

एमाओवादी जुम्लाका जिल्ला अध्यक्ष वीरबहादुर कुँवरले करिब दुईसातासम्म चलेको कर्णाली आन्दोलनलाई सरकारले उच्च सम्मान गरेको धारणा राखे ।

उनले कर्णालीको ऐतिहासिक, सांस्कृतिक र सामाजिक महत्वको मूल्यांकन गर्दै प्रदेशको नाम कर्णाली राखिनुपर्नेमा जोड दिएका थिए । रासस