• १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
  •   Unicode
Logo
Latest
★   वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपाली टोलीको घोषणा ★   बसको ठक्करबाट तीर्थयात्रीको मृत्यु ★   यसरी स्मरण गर्नुभयो पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले स्व. मनमोहन अधिकारीलाई ★   मुख्यमन्त्री भएको १६ दिनपछि कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै ★   राष्ट्रिय विकास परिषद्को बैठक आज, १६औं योजनालाई अन्तिम रुप दिइने ★   महाेत्तरीका अग्निपीडितकाे विचल्ली, राहतको प्रतीक्षा ★   किन कतार जान पाएनन् रूद्रकली र खगेन्द्रप्रसाद ? ★   म्यान्चेस्टर युनाइटेडको सहज जित ★   लिभरपुललाई उपाधि होडमा धक्का, एभर्टनसँग स्तब्ध ★   आईपीएलः दिल्लीले गुजरातलाई दोस्रो पटक हरायो

जुम्लामा विजय जुलुस, प्रदेशको नाम कर्णाली राख्न माग



जुम्ला,  भदौ  ५ । सरकारले कर्णालीबासीको आन्दोलनलाई सम्बोधन गरी गत साउन २३ गते राति गरेको सहमति खारेजी गरेकोप्रति खुसी व्यक्त गर्दै विजय ¥यालीका साथ सरकारलाई जुम्लाबासीले धन्यवाद ज्ञापन गरेका छन् ।

कर्णालीलाई सुदूरपश्चिमबाट खण्डित गर्न र विशेष अधिकारसहितको कर्णाली स्वायत्त प्रदेश घोषणाको माग राख्दै सिंगो कर्णालीबासी १२ दिनसम्म आन्दोलनरत थिए ।

आन्दोलनको १३औँ दिनमा सरकारले कर्णालीका पाँच जिल्ला भेरीका तीन र राप्तीका दुईवटा जिल्लालाई छैटौँ प्रदेशका रुपमा कायम गरेको अवसरमा विजय जुलुस निकालिएको थियो ।

जुलुसमा सर्वदलीय सर्वपक्षीय संयुक्त आन्दोलन परिचालन कमिटी जुम्लाको महिलातर्फबाट महिला अधिकारवादी भगवती श्रेष्ठले नेपालको इतिहासमा कर्णालीका महिलाले यतिबेला अदम्य साहस देखाएको परिणाम चाख्न पाएको र त्यसमा सरकारले कर्णालीवासीप्रति सम्मान गरेको भन्दै धन्यवाद व्यक्त गरिन् ।

एमाओवादी जुम्लाका जिल्ला अध्यक्ष वीरबहादुर कुँवरले करिब दुईसातासम्म चलेको कर्णाली आन्दोलनलाई सरकारले उच्च सम्मान गरेको धारणा राखे ।

उनले कर्णालीको ऐतिहासिक, सांस्कृतिक र सामाजिक महत्वको मूल्यांकन गर्दै प्रदेशको नाम कर्णाली राखिनुपर्नेमा जोड दिएका थिए । रासस