• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo

भारतको सुरक्षा सल्लाह वार्ता रद्ध गर्ने चेतावनी



नयाँ दिल्ली, भदौ ५ । भारतीय विदेशमन्त्री शुषमा स्वराजले शनिबार पाकिस्तानलाई दुई देशबीच हुने भनेको राष्ट्रिय सुरक्षा सल्लाहकार बैठक आतंकवादलाई परास्त गर्ने मुद्दामा केन्द्रित हुनुपर्ने बताएकी छन् ।

निकट भविष्यमा बस्ने भनिएको उक्त बैठकमा आतंकवाद विरोधी अभियानलाई अघि बढाउने कुरामा हुन नसक्ने भएमा यसको कुनै अर्थ नरहेन बताउँदै यदि यसो हुन नसकमा वार्ता नै रद्द हुनसक्ने चेतावनी दिइन् ।

‘पाकिस्तानले यदि यस भारतीय अडानलाई पूर्वशर्तका रुपमा लिने हो भने वार्ता अघि बढ्ने छैन’–भारतीय विदेश मन्त्री स्वराजले भनिन् ।

भारतले पाकिस्तानलाई भारत नियन्त्रित काश्मिरी इलाकमा पृथकतावादी नेताहरुसँग उक्त वार्तामा छलफल हुनुपर्ने अडान राख्दै आएको भनेको छ । रासस/सिन्ह्वा