• १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
  •   Unicode
Logo
Latest
★   काँग्रेसले मलाई फसाउन सहकारी प्रकरण उचाल्यो: उपप्रधानमन्त्री लामिछाने ★   संघीय धर्मनिरपेक्ष गणतन्त्र असफल भयो :- कमल थापा ★   सांसद गुरुङको निलम्बन फुकुवा ★   पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश ★   उपनिर्वाचनको मौन अवधि आज रातिदेखि ★   बागमती प्रदेशसभाको बैठक आज राति १२ बजेदेखि अन्त्य ★   रातो मत्येस्न्द्रनाथको महास्नान सम्पन्न ★   कतारका अमिरको भ्रमणको ठोस परिणाम चाँडै आउनेछः मन्त्री बस्नेत ★   कतारका अमिरको भ्रमणबाट पर्यटन व्यवसायी उत्साहित ★   सहवागले विश्वकप २०२४ को लागि भारतको प्लेइङ–११ छनोट गरे, हार्दिक पाण्ड्या परेनन्

जनक र साझाले पाठ्यपुस्तक छाप्न सुरु



काठमाडौँ, ५ भदौ । पाठ्यपुस्तक उत्पादन र वितरण गर्ने जिम्मा पाएपछि जनक शिक्षा सामग्री केन्द्र लिमिटेड र साझा प्रकाशनले आगामी शैक्षिकसत्रका लागि पाठ्यपुस्तक छाप्न सुरु गरेका छन् ।

साझा प्रकाशनका महाप्रबन्धक डोलेन्द्रप्रसाद शर्माका अनुसार कक्षा १ देखि १० सम्मकै पाठ्यपुस्तक छाप्ने र वितरण गर्ने जिम्मा पुनः पाएपछि शुक्रबारदेखि नै छपाइको काम सुरु भएको हो ।

विसं २०६४ देखि निजी क्षेत्रलाई कक्षा १ देखि ५ सम्मका पाठ्यपुस्तकको उत्पादन र वितरण गर्ने जिम्मा दिइएको थियो । पहिलो चरणअन्तर्गत दसैँभन्दा अगाडि नै प्रतिकक्षा एक लाख थान पुस्तक छपाइ गरिसक्ने योजना रहेको उनले जानकारी दिए ।

तत्कालीन मुख्यसचिव लीलामणि पौडेलले गत साउन १२ गते जनक र साझालाई क्षेत्राधिकार फर्काउने सम्बन्धमा शिक्षा मन्त्रालयलाई सिफारिस गरेका थिए । सोहीअनुसार गत साउन ३२ गते विद्यालय तहका पाठ्यपुस्तकको उत्पादन र बिक्री वितरणमा निजी क्षेत्रको अधिकार कटौती गरी पुनः सरकारी स्वामित्वका दुई निकायलाई जिम्मेवारी दिइएको थियो ।