• ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
  •   Unicode
Logo
Latest
★   जनकपुरस्थित होटेलमा महिला र पुरुषको शव झुन्डिएको अवस्थामा फेला ★   विपिन जोशीको रिहाईका लागि पहल गरिदिन कतारका अमिरसँग राष्ट्रपतिको आग्रह ★   राष्ट्रपति र कतारका अमिरबीच भेटवार्ताः हिमाल, पानीको स्रोत जोगाउने तथा पृथ्वीलाई सुरक्षित राख्ने साझा मुद्दामा… ★   राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता ★   ‘नमेटिने घाउ’ मा ओलीको अभिनयसँगै सकियो चलचचित्रको छायांकन ★   राष्ट्रपति पौडेल र कतारका अमिरबीच शीतलनीवासमा भेटघाट ★   दलका नेतृत्व मठाधीश बनेका कारण लोकतन्त्रमाथि टिकाटिप्पणी भयो: सांसद पौडेल ★   लोकतन्त्रलाई बलियो बनाउन हरेकले आ–आफ्नो भुमिकालाई परिस्कृत गर्नुपर्छ: एमाले सचेतक बराल ★   ‘हार्दिक पाण्ड्याको लय भारतका लागि ठूलो समस्या’ ★   भाडाको कपडा लाउँछन् बलिउड सेलिब्रटी

जनक र साझाले पाठ्यपुस्तक छाप्न सुरु



काठमाडौँ, ५ भदौ । पाठ्यपुस्तक उत्पादन र वितरण गर्ने जिम्मा पाएपछि जनक शिक्षा सामग्री केन्द्र लिमिटेड र साझा प्रकाशनले आगामी शैक्षिकसत्रका लागि पाठ्यपुस्तक छाप्न सुरु गरेका छन् ।

साझा प्रकाशनका महाप्रबन्धक डोलेन्द्रप्रसाद शर्माका अनुसार कक्षा १ देखि १० सम्मकै पाठ्यपुस्तक छाप्ने र वितरण गर्ने जिम्मा पुनः पाएपछि शुक्रबारदेखि नै छपाइको काम सुरु भएको हो ।

विसं २०६४ देखि निजी क्षेत्रलाई कक्षा १ देखि ५ सम्मका पाठ्यपुस्तकको उत्पादन र वितरण गर्ने जिम्मा दिइएको थियो । पहिलो चरणअन्तर्गत दसैँभन्दा अगाडि नै प्रतिकक्षा एक लाख थान पुस्तक छपाइ गरिसक्ने योजना रहेको उनले जानकारी दिए ।

तत्कालीन मुख्यसचिव लीलामणि पौडेलले गत साउन १२ गते जनक र साझालाई क्षेत्राधिकार फर्काउने सम्बन्धमा शिक्षा मन्त्रालयलाई सिफारिस गरेका थिए । सोहीअनुसार गत साउन ३२ गते विद्यालय तहका पाठ्यपुस्तकको उत्पादन र बिक्री वितरणमा निजी क्षेत्रको अधिकार कटौती गरी पुनः सरकारी स्वामित्वका दुई निकायलाई जिम्मेवारी दिइएको थियो ।