• १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
  •   Unicode
Logo
Latest
★   जापानको मानवरहित चन्द्रमा ल्यान्डर तेस्रो चन्द्र रातसम्म जीवित ★   चेन्नईका फ्यानहरूको बीचमा लखनउका एक मात्र फ्यानले मजा लुटे ★   त्रिपालको ओतमुनि तातोपानी कुण्ड: बिरामीलाई सास्ती ★   रङ्गशाला निर्माण सम्झौता भङ्ग गर्ने राखेपको निर्णयप्रति जनकपुरधाम उपमहानगरको विरोध ★   कति उपलब्धिमुलक रह्यो कतारका अमिरको नेपाल भ्रमण ? ★   वेस्ट इन्डिजका खेलाडी स्वागतमा क्यान व्यवस्थापनमा उठ्यो प्रश्न, सामाजिक सञ्जालमा आलोचनाको ओइरो ★   माओवादी केन्द्रका उप महासचिव हरिवोल गजुरेल भन्छन्– सुहाङ्गले जिती सके ★   यस्तो सरल जीवनः ४०० करोडको मालिक यी स्टार चप्पल लगाएर बस–रेलमा हिँड्छन् ★   ऐतिहासिक ढोलठानामा पर्यटकीय पूर्वाधार विस्तार ★   चेन्नईका कप्तानको खुलासा – हामी हाम्रो कमजोरीले हारेका होइनौं, शीतका कारण हार्यौँ

भण्डारखालको पर्खाल भत्कन थालेपछि पैदल यात्री जोखिममा



काठमाडौँ, भदौ ५ । विश्व सम्पदा क्षेत्रमा सूचीकृत पशुपति क्षेत्रको भण्डारखाल वरिपरिको पर्खाल गत वैशाख १२ गतेको भूकम्प र त्यसपछिका परकम्प एवं वर्षाले भत्कन थालेको छ ।

गौशालाचोक–जयवागेश्वरी मन्दिरदेखि सिफलचौरको सेरोफेरोमा फैलिएको पशुपति भण्डारखालको पर्खाल भत्कन सुरु भएपछि यसको वरपरबाट हिँड्ने मानिसमा जोखिम बढेको छ ।

‘बिहान–बेलुका हिँड्ने बाटोसँगैको पर्खाल भत्कन थालेपछि बाटो हिँड्न पनि डराउनुपरेको छ’–स्थानीयबासी गोपाल आचार्यले भने ।

ऐतिहासिक स्थल भएर पनि भण्डारखालको पर्खालको मर्मतसम्भारमा सम्बन्धित निकायको ध्यान नगएको उनले गुनासो गरे ।

कोषले भण्डारखाल क्षेत्रको १०४ रोपनी जग्गामा फूलको बगैँचा बनाउने योजना अघि सारेको वषौँ बितिसक्दा पनि कार्यानवयन नगर्दा पवित्रस्थल पशुपति क्षेत्रको भण्डारखाल लागूपदार्थ दुव्र्यसनी र अश्लील जोडीको क्रीडास्थलका रुपमा विकास भएको स्थानीयवासी श्याम वैद्यको भनाइ छ।

कोषका पूर्व कोषाध्यक्षसमेत रहेका स्थानीयवासी नरोत्तम वैद्य भण्डारखाल लिच्छविकालीन बस्ती रहेको ऐतिहासिक स्थल भएको तथ्य पुरातत्व विभागले उत्खनन् गर्दा फेला परेको प्रमाणबाट प्रमाणित भएको बताउँछन् ।

‘गत वर्षको उत्खननमा पोखरी र त्यसअघि पर्खाल भेटिएको थियो, उत्खनन्मा पाइएका अन्य सामग्रीबाट यो स्थानमा लिच्छविकालीन बस्ती रहेको प्रमाणित हुन्छ’–उनले भने ।

हरिसिद्धिको १२ वर्षे मेला भण्डारखालको सुनको प्रवेशद्वारबाट छिराइने र चाँदीको द्वारबाट निकालिने गरेको छ । कंक्रिटको जंगलमा परिणत भएको उपत्यकाको बीचमा रमाइलो जंगलका रुपमा बाँकी रहेको यो ऐतिहासिक स्थललाई संरक्षण गरिनुपर्ने स्थानीयबासीको माग छ ।

कोषका सदस्यसचिव डा गोविन्द टण्डन ऐतिहासिक स्थल भण्डारखाललाई संरक्षणका लागि गुरुयोजना बनाई लागू गरिने तयारी गरिएको बताउँछन् ।

‘भण्डारखाललाई व्यवस्थित बनाउने योजना बनेको छ, यसलाई कार्यान्वयन गराउने तयारी गरेका छौं’–उनले भने ।