• ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
  •   Unicode
Logo
Latest
★   सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत ★   नुवाकोटको ऐतिहासिक सिन्दूरे जात्राको रौनक ★   मुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने ★   निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द ★   राष्ट्रपति पौडेलद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना-फोटो फिचर ★   एउटै बँदेलको टोकाइबाट सात घाइते ★   जनकपुरस्थित होटेलमा महिला र पुरुषको शव झुन्डिएको अवस्थामा फेला ★   विपिन जोशीको रिहाईका लागि पहल गरिदिन कतारका अमिरसँग राष्ट्रपतिको आग्रह ★   राष्ट्रपति र कतारका अमिरबीच भेटवार्ताः हिमाल, पानीको स्रोत जोगाउने तथा पृथ्वीलाई सुरक्षित राख्ने साझा मुद्दामा… ★   राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता

नेपाल र बंगलादेश सेमिफाइनलमा



काठमाडौँ, भदौ ५ । साफ यु–१९ च्याम्पियनसिप फुटबलअन्तर्गत् शनिबार भएको खेलमा बंगलादेशले भुटानलाई २–० ले हराएको छ । हारसँगै भूटान प्रतियोगिताको समूहचरणबाटै बाहिरिएको छ ।

भुटानको लगातार दोस्रो हारले नेपाल र बंगलादेश भने समूह ’ए’बाट एक खेल अगावै सेमिफाइनलमा पुगेका छन् । नेपाल र बंगालादेशको समान ३÷३ अंक छ । दुवैको गोल अन्तर पनि समान रहेको छ । यसअघि, उद्घाटन खेलमा भूटान नेपालसँग ३–० ले पराजित भएको थियो ।

तस्वीरः एन्फा ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा बंगलादेशका लागि रोहित सरकारले ४१औँ मिनेटमा पहिलो गोल गरे । दोस्रो गोल मनाफ रब्बीले ४३औँ मिनेटमा गरे । पहिलो हाफमा २–० ले अग्रता लिएको बंगलादेशले दोस्रो हाफमा गोल गर्न सकेन ।

समूहको विजेता भने आगामी सोमबार नेपाल र बंगलादेशबीच हुने खेलले निर्धारण गर्छ ।

आइतबार भारत र अफगानिस्तानबीच प्रतिस्पर्धा हुनेछ । अफगानिस्तानले यसअघि शुक्रबार भएको खेलमा माल्दिभ्सलाई ३–१ ले पराजित गरेको छ भने भारतको यो पहिलो खेल हुनेछ ।