• ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
  •   Unicode
Logo

संविधानसभा बैठक आज बस्दै



काठमाडौँ, भदौ ६ । संविधानसभाको बैठक आइतबार (आज) साँझ ६ बजे संविधानसभा भवन नयाँबानेश्वरमा बस्दै छ ।

संविधान मस्यौदा समितिले नेपालको संविधान, २०७२ को विधेयक तयार पारेर संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई शुक्रबार बुझाएको सन्दर्भमा बैठक बोलाइएको हो ।

संविधानसभा बैठकमा मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले प्रतिवेदन प्रस्तुत गर्नेछन् । प्रतिवेदनमाथि पहिलो चरणमा सैद्धान्तिक छलफल हुनेछ ।