• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo

फोहोर मैला केन्द्रको महाप्रबन्धकमा ज्ञवाली



काठमाडौं भदौ ६ – सरकारले फोहोर मैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रको महाप्रबन्धकमा विश्वमणी ज्ञवालीलाई नियुक्त गरेको छ ।

ज्ञवाली यसअघि खानेपानी विभागका उपमहानिर्देशक थिए । शहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रको महाप्रवन्धकमा अघि डा.सुमित्रा अमात्य थिइन । प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बसेको मन्त्रीपरिषद् बैठकले राष्ट्रिय दलित आयोगको सदस्यमा गोविन्द सुनुवार र मञ्जित ताम्राकारलाई नियुक्त गरेको छ ।