• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo
Latest
★   सुनकोसी मरिण डाइभर्सनः सुरुङ खन्न एक सय १० मिटर बाँकी ★   रास्वपाको उदय र काँग्रेसको शक्ति बिस्तार नयाँ र विवेचनायोग्य घटनाका रुपमा देखापरेः ओली ★   सहकारी घोटाला छानविनमा सरकार आफैँ गम्भिर छैनः डा. आरजु देउवा ★   नीति र नेतृत्वमा एमालेभित्र विवाद छैनः अध्यक्ष ओली ★   टेस्लाका मालिक मस्कले किन गरे भारत भ्रमण स्थगित ? ★   एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक शुरु ★   महिला टोलीका ६ जनाले मलेसिया सुपर वुमन्स कप खेल्ने ★   संसद् जनताप्रति उत्तरदायी हुनुपर्छः नारायणदत्त भट्ट ★   चेन्नई र लखनउका दुबै कप्तानलाई १२–१२ लाख जरिवाना ★   धोनी आईपीएलमा ५ हजार रन बनाउने पहिलो विकेटकिपर

औद्योगिक करिडोरमा रु चार अर्ब घाटा



वीरगन्ज, भदौ ६ । प्रादेशिक सीमाङ्कनप्रति असन्तुष्टि जनाउँदै एक सातादेखि जारी बन्दले वीरगन्ज–पथलैया औद्योगिक करिडोर क्षेत्रमा झन्डै रु चार अर्ब बराबरको घाटा भएको छ ।

वीरगन्ज उद्योग वाणिज्य सङ्घका अनुसार यो क्षेत्रका उद्योग, व्यापार, विद्युत्, टेलिफोन, शिक्षण संस्था, होटल व्यवसाय, कृषि क्षेत्र र श्रम बजारमा एक दिनमात्र बन्द हुँदा करिब रु ५६ करोड बराबरको नोक्सानी हुने गरेको वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रदीप केडियाले बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य अशोक टेमानीले माग भए अनुसारको सामान समयमै बजारसम्म पु-याउन नसकिरहेको बताउनुभयो । “शिक्षा, स्वास्थ्य, होटल, खुद्रा पसल, उद्योग कलकारखाना, यातायातलगायतका सबै क्षेत्रलाई जोड्दा यस क्षेत्रमा एक दिनमा रु दुई अर्बभन्दा बढीको घाटा व्यहोर्नु परेको छ,” उहाँले भन्नुभयो ।
वीरगन्ज–पथलैया औद्योगिक क्षेत्रमा साना ठूला गरी एक हजारभन्दा बढी उद्योग छन् । बन्दले सबैभन्दा बढी दैनिक ज्यालादारीमा कार्यरत मजदुर प्रभावित भएका छन् । यो करिडोरमा १९ हजारभन्दा बढी मजदुरले प्रत्यक्ष रोजगारी पाएको नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले जनाएको छ ।
विद्युत् आपूर्तिमा देखिएको अनियमितता, चर्को विद्युत् भार कटौती, चन्दा आतङ्क, बैंकको चर्को ब्याजदर र बजार अभावलगायतका विभिन्न समस्यासँग जुध्दै उद्योग सञ्चालन गरिरहेका उद्योगी बन्द हडतालले निरास भएको वीरगन्ज उद्योग वाणिज्य सङ्घले जनाएको छ । रासस