• ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
  •   Unicode
Logo
Latest
★   सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका सोडारी नियुक्त ★   मधेशका मुख्यमन्त्री यादवले गरे मन्त्रीपरिषद् बिस्तार ★   कोशी प्रदेश सभामा संकल्प प्रस्ताव टेबलः मागियो मुख्यमन्त्रीको राजीनामा ★   अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को फिल्म के हुन्छ थाहा छैनः अनमोल… ★   अल्पमत भयो भन्दैमा कुर्सी छोडेर हिँड्ने भन्ने हुँदैन, प्रक्रिया पूरा गर्नुपर्छ: उद्धव थापा ★   रामहरि श्रेष्ठको हत्या प्रकरण: खाम पक्राउ परेपछि थ्रेट आयो-रमिला श्रेष्ठ ★   सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा एसका सोडारीले गरे दाबी पेश ★   पीडित श्रेष्ठ परिवारसँग भेटेपछि गृहमन्त्रीले भनेः व्यक्ति नभई मुलुक, व्यवस्था र जनता जोगाउन काम गर्दैछु ★   सांसद डा शर्माद्वारा बाल अस्पताललाई रु २० लाख सहयोग ★   नवनियुक्त महालेखापरीक्षक रायाद्वारा सपथ ग्रहण

यु–१९ फुटबलमा भारतद्वारा अफगानिस्तान पराजित



काठमाडौँ, भदौ । पहिलो १९ वर्ष मुनि (यु–१९)को साफ च्याम्पियनसीप फुटबल प्रतियोगिताअन्तर्गत समूह ‘बी’को खेलमा भारतले अफगानिस्तानलाई २–० गोल अन्तरले पराजित गर्दै विजयी सुरुआत गरेको छ । 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स्को मैदानमा आज भएको खेलको १०औँ मिनेटमा नै भारतका कमलप्रीतसिंह ग्रेवालले हेडिङमार्फत सुन्दर गोलगर्दै मध्यान्तरअघि आफ्नो टोलीलाई १ गोलको अग्रता दिलाएका थिए । मध्यान्तरपछि ८७ औँ मिनेटमा अनिरुध थापाले गोल थपेपछि भारतको जीत सुनिश्चित भयो ।
यसअघि, अफगानिस्तानले माल्दिभ्सलाई ३–१ ले पराजित गरिसकेको छ भने भारतको यो पहिलो खेल थियो । समूह ‘बी’मा दुवैको तीन÷तीन अङ्क भएको छ । समूह ‘ए’ को पहिलो खेलमा नेपालले भुटानलाई ३–१ ले पराजित गरेको थियो । नेपाल एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरिसकेको छ । शनिबार भएको खेलमा बङ्गलादेशले भुटानलाई २–० गोलअन्तरले पराजित गरेपछि नेपाल एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरेको हो ।
जारी प्रतियोगितामा नेपाल र बङ्गलादेशले समान ३÷३ अङ्क जोडेका छन् । आफ्नो दोस्रो खेलमा नेपालले समूह विजेता हुनका लागि हुने खेलमा सोमबार बङ्गलादेशको सामना गर्दैछ ।
दक्षिण एसियाली छ राष्ट्रले भाग लिएको यस प्रतियोगिताको समूह ‘ए’ मा नेपालसहित बङ्गलादेश र भुटान छन् । त्यसैगरी, समूह ‘बी’ मा भारत, माल्दिभ्स र अफगानिस्तान परेका छन् । रासस