• १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
  •   Unicode
Logo
Latest
★   चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल ★   सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको एक लाख ३० हजार पुग्यो ★   व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै प्राविधिक शिक्षालय ★   आधा आकाश ओगट्ने महिलालाई नसमेटिकन चम्किलो धर्तीको कल्पना गर्न सकिँदैन: प्रधानमन्त्री ★   प्रसाईंलाई हतियार राख्न अनुमति दिएकोबारे अनुसन्धान गर्न गृहमन्त्रालयले बनायो छानविन समिति ★   दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डका तीन पुल निर्माणको अन्तिम चरणमा ★   पञ्चकोटमा रहेको गरुड शिला र पृष्ठभूमिका हिमशृङ्खला ★   अझै तीन दिन पानी पर्ने, आज चट्याङको सम्भावना ★   शुक्रबार सन्तोषी माता, वैभवलक्ष्मी र शुक्र भगवानको पूजा–आराधना गर्नुहोस् ★   सत्ताका गाँठागुठीमा साना दलको च्याँखे दाउ

वृक्षारोपणपछि बगर हरियो वनमा परिणत



मुस्ताङ, ७ भदौ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले निरन्तररुपमा वृक्षारोपण गर्न थालेपछि उपल्लो मुस्ताङका बगर हरियो जङ्गलमा परिणत हुन थालेको छ । 

सन् १९९२ मा एक्याप स्थापना भएदेखि वृक्षारोपण कार्यलाई पहिलो प्राथमिकता दिएपछि अहिले लोमान्थाङ, छोसेर, छोण्हुप, घमी, छुसाङ र सुर्खाङ गाविसका बगर हरियाली वनमा परिणत हुन थालेको हो ।

उच्च हिमाली क्षेत्र, तीव्र गतिमा बहने हावा र चिसोका कारण यी क्षेत्रमा सामान्य झाडीबाहेक अरु केही हुँदैनन् । मरुभूमिदेखि नाङ्गा पाखा र बगरमा २० वर्षदेखि वृक्षारोपण र आवश्यक तारबार गर्न थालेपछि अधिकांश बिरुवा हुर्किदै गएको एक्याप लोमान्थाङका प्रमु

ख सन्तोष शेरचनले बताए ।
उनका अनुसार, एक्यापले यी छ गाविसमा विद्यालय, स्थानीय आमा समूह र गाविसस्तरीय संरक्षण व्यवस्थापन समितिमार्फत वार्षिक ५० हजारको हाराहारीमा वृक्षारोपण गरिँदै आएको छ । “छुसाङ, लोमान्थाङ, घमी र सुर्खाङ गाविसमा बढी बिरुवा हुर्किएको छ, धेरै वर्षअघिसम्म बगर रहेका पाखा अहिले वनभोजस्थल बनेका छन्” उनले भने ।
एक्यापले जोमसोम र लोमान्थाङ कार्यालय बनाएर उपल्लो र तल्लो क्षेत्रमा वृक्षारोपण अभियान सञ्चालन गर्दै आएको छ । तल्लो क्षेत्रमा प्रशस्त जङ्गल भएका कारण तरकारी र स्याउको बेर्ना तथा बिरुवा वितरण गरिँदै आएको जनाइएको छ ।
हावापानी र वातावरणका कारण उपल्लो क्षेत्रमा भोटे पीपल बढी प्रभावकारी हुने एक्यापले जनाएको छ । “सल्ला र धुपीका बिरुवा पनि हुन्छ तर त्यो हुर्कन एकदमै समय लाग्ने र गाहे हुन्छ, प्रमुख शेरचनले भने । एक्यापले व्यक्तिगत वृक्षरोपण गर्नेलाई प्रतिबिरुवा रु २० र सामूहिकरुपमा गर्नेलाई रु २५ सहयोग गर्दै आएको छ । रासस