• १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
  •   Unicode
Logo
Latest
★   शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण ★   मन्त्रिपरिषद्को बैठक: सचिव पदमा लम्सालको बढुवा,चैते धानको मूल्य निर्धारण  ★   नेपालको पर्यटकीय सम्भावनालाई विश्वमा प्रचार गर्नसके चार गुणा पर्यटक आउँछन्: सांसद राणा ★   इलाम २ मा रास्वपाका उम्मेदवार मिलन लिम्बू ★   एमडीएमएस खरिदमा अनियमितता गरेको अभियोगमा २० जनाबिरुद्ध मुद्दा दर्ता ★   कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवक मृत फेला ★   सवारी दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु हुने प्रहरीको तथ्यांक ★   सादा पोशाकमा जनशक्ति परिचालन नगर्न गृहको निर्देशन ★   चीनमा आँधीको चेतावनी ★   चैते धानमा किसानको आकर्षण बढ्दै

वृक्षारोपणपछि बगर हरियो वनमा परिणत



मुस्ताङ, ७ भदौ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले निरन्तररुपमा वृक्षारोपण गर्न थालेपछि उपल्लो मुस्ताङका बगर हरियो जङ्गलमा परिणत हुन थालेको छ । 

सन् १९९२ मा एक्याप स्थापना भएदेखि वृक्षारोपण कार्यलाई पहिलो प्राथमिकता दिएपछि अहिले लोमान्थाङ, छोसेर, छोण्हुप, घमी, छुसाङ र सुर्खाङ गाविसका बगर हरियाली वनमा परिणत हुन थालेको हो ।

उच्च हिमाली क्षेत्र, तीव्र गतिमा बहने हावा र चिसोका कारण यी क्षेत्रमा सामान्य झाडीबाहेक अरु केही हुँदैनन् । मरुभूमिदेखि नाङ्गा पाखा र बगरमा २० वर्षदेखि वृक्षारोपण र आवश्यक तारबार गर्न थालेपछि अधिकांश बिरुवा हुर्किदै गएको एक्याप लोमान्थाङका प्रमु

ख सन्तोष शेरचनले बताए ।
उनका अनुसार, एक्यापले यी छ गाविसमा विद्यालय, स्थानीय आमा समूह र गाविसस्तरीय संरक्षण व्यवस्थापन समितिमार्फत वार्षिक ५० हजारको हाराहारीमा वृक्षारोपण गरिँदै आएको छ । “छुसाङ, लोमान्थाङ, घमी र सुर्खाङ गाविसमा बढी बिरुवा हुर्किएको छ, धेरै वर्षअघिसम्म बगर रहेका पाखा अहिले वनभोजस्थल बनेका छन्” उनले भने ।
एक्यापले जोमसोम र लोमान्थाङ कार्यालय बनाएर उपल्लो र तल्लो क्षेत्रमा वृक्षारोपण अभियान सञ्चालन गर्दै आएको छ । तल्लो क्षेत्रमा प्रशस्त जङ्गल भएका कारण तरकारी र स्याउको बेर्ना तथा बिरुवा वितरण गरिँदै आएको जनाइएको छ ।
हावापानी र वातावरणका कारण उपल्लो क्षेत्रमा भोटे पीपल बढी प्रभावकारी हुने एक्यापले जनाएको छ । “सल्ला र धुपीका बिरुवा पनि हुन्छ तर त्यो हुर्कन एकदमै समय लाग्ने र गाहे हुन्छ, प्रमुख शेरचनले भने । एक्यापले व्यक्तिगत वृक्षरोपण गर्नेलाई प्रतिबिरुवा रु २० र सामूहिकरुपमा गर्नेलाई रु २५ सहयोग गर्दै आएको छ । रासस