• १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
  •   Unicode
Logo
Latest
★   आइस्पानको चेतावनी: सरकारका कारण इन्टरनेटको सेवा जतिबेला पनि अवरुद्ध हुन सक्छ ★   नियमविपरीत खटिएका सुरक्षाकर्मी फिर्ता गर्न गृहको निर्देशन ★   पाकिस्तानी दूतावासद्वारा १८० नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान ★   सहकारी ठग्ने सञ्चालकको सम्पत्ति जफत गरी बचतकर्तालाई तिरौं: गृहमन्त्री रवि लामिछाने ★   योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री ★   बजारमा निम्न गुणस्तर चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई जरिवाना,बजारबाट फिर्ता ल्याउन निर्देशन ★   पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय ★   नक्कली भूटानी शरणार्थी प्रकरणः आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश ★   टोपबहादुरलाई धरौटीमा छाड्न अस्वीकार ★   निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छ: अर्थमन्त्री पुन

दमासकस नजिकै हवाई आक्रमण ३४ को मृत्यु



बेरुत, ६ भदौ । सिरियाको राजधानीको बाहिरी इलाकामा पर्ने विद्रोहीको बलियो प्रभाव रहेको क्षेत्रमा सिरियाली सैनिकद्वारा गरिएको भीषण बमबारीमा ३४ सर्वसाधारणको मृत्यु भएको समाचार छ । 

बाह्र जना बालबालिकासहित ३४ जनाको मृत्यु भएको मानवअधिकारवादी समूहले आइतबार जनाएको छ । डोउमामा भएको यस आक्रमणमा १२ बालबालिका र ८ महिलासहित ३४ सर्वसाधारण मारिएका सिरियन अब्जरभेटी फर ह्युम्यान राइट्सका निर्देशक रामी अब्देल रहमानले आइतबार बताउनुभएको छ ।
सिरियाली राष्ट्रपति बसार अल असादका समर्थक सैनिकहरूले विद्रोहीको बलियो प्रभाव रहेका डोउमा शनिबार गोलाबारी र हवाई आक्रमण भएको बताइएको छ । शनिबार अबेर राति अब्जरभेटरीले यस आक्रमणहरूमा २० व्यक्तिको मृत्यु भएको जानकारी दिएको थियो । तर यस आक्रमणमा परी घाइते भएका व्यक्तिहरूको रातभरीमा मृत्यु भएपछि सो सङ्ख्या बढेर ३४ पुगको अब्जरभेटरीले आइतबार जानकारी दिएको छ ।
यस हवाई आक्रमणमा परी केही परिवारका सम्पूर्ण सदस्य घरभित्र नै मारिएका पनि निर्देशक रामीले बताउनुभएको छ ।