• १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
  •   Unicode
Logo
Latest
★   संघीय निजामती ऐन र प्रहरी समायोजन ऐन कार्यान्वयनमा जाने ढोका खुलेको छ: प्रधानमन्त्री दाहाल ★   आयरल्यान्ड ‘ए’ विरुद्ध लोकेश बमको सानदार शतक ★   आयरल्यान्ड ‘ए’ विरुद्ध लोकेश बमको अर्धशतक ★   विश्वकै लामो फिल्म, जसलाई हेर्न ३ दिन बढी समय लाग्ने ★   धैरे पटक चुनाव हारेर रेकर्डः २३८ पटक चुनाव लडेर हारेका नेताजी फेरि चुनाव लड्दै ★   झापा पुगेर गृहमन्त्रीले भने- पीडकसँग प्रशासन-प्रहरीको हिमचिम अन्त्य हुनैपर्छ ★   देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन: प्रधानमन्त्री दाहाल ★   आयरल्याण्ड ‘ए’ ले नेपाल ‘ए’ लाई दियो २२३ रनको विशाल लक्ष्य ★   प्रेस सेन्टरले गर्यो मिलन लिम्बूलाई बर्खास्त ★   कपनबाट पेस्तोलसहित एकजना पक्राउ

उद्योगमा सुतली बम विस्फोट



विराटनगर, भदौ  । विराटनगर–१८ स्थित एमएम प्लास्टिक उद्योगको परिसरमा गएराति १०ः३० बजे अज्ञात समूहले सुतली बम विस्फोट गराएको छ । 

नम्बर नखुलेको मोटरसाइकलमा चढेर आएका दुई जनाले उद्योगको पश्चिमपट्टिको गेटबाट सो बम फालेर फरार भएको सुरक्षागार्डलाई उद्धृत गर्दै पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ । यसअघि ती व्यक्तिले जर्दाको डिब्बामा विस्फोटक पदार्थ राखेर आगो सल्काई फालेका थिए । उक्त विस्फोटबाट कुनै क्षति नभएको बुझिएको छ ।
यस घटनाको सम्बन्धमा इलाका प्रहरी कार्यालय रानीले अनुसन्धान गरिरहेको छ । रासस